२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारीमा जाग्न थाले दुवैथरी अनेरास्वियु, आधा दर्जन कमिटीहरु गठन

Author Uttari Morang
आइतबार, फाल्गुण १६, २०७७
बेलबारीमा जाग्न थाले दुवैथरी अनेरास्वियु, आधा दर्जन कमिटीहरु गठन

मोरङको बेलबारी बहुमुखी क्याम्पसमा समेत प्रचण्ड माधव नेतृत्वको नेेेकपा निकट बिद्यार्थीहरुको संगठन अनेरास्वियुको कमिटी गठन भएको  छ ।

बेलबारी बहुमुखी क्यामपसमा कुसल गदायलीको संयोजकत्वमा २७ सदस्य कमिटी गठन गरिएको छ । समितिको सह-संयोजकमा समिक्षा गिरी रहेकी छिन । मोरङ जिल्ला अध्यक्ष मिलन बस्नेतको आतिथ्यता र अनेरास्वियु जिल्ला सदस्य तथा नगर अध्यक्ष रविन चालिसेको समेत उपस्थितिमा समिति गठन गरीएको हो ।

त्यसैगरी कसेनी माविमा पनि सोही पक्षधर अनेरास्ववियु बेलबारी नगर कमिटीको सक्रियतामा स्कुल कमिटी गठन भएको छ ।                          आधा दर्जन स्कुलमा ओली पक्षधर अखिलको कमिटी गठन              ओलीी पक्षधर अनेरास्ववियु बेलबारी नगर कमिटीको सक्रियतामा आधा दर्जन स्कुुलमा स्कुल कमिटी गठन भएका छन् । धनपाल मा .बि . मा सन्तोष पुरीको संयोजकत्वमा ५९ सदस्यीय मा.बि. कमिटी गठन गरिएको छ ।

त्यस्तै बेलबारीको भगवती मा. बि . मा तुलमाया गुरुङको नेतृत्वमा १४७ सदस्यीय अनेरास्ववियु स्कुल कमिटी गठन भएको छ ।

बेलबारी ११ स्थित लक्ष्मी मा. बि.मा पनि पुनम न्यौपानेको संयोजकत्वमा ४१ सदस्यीय अनेरास्ववियु स्कुल कमिटी गठन भएको छ ।

बेलबारी -९ को कालि मा.बि.मा पनि सरु कार्कीको नेतृत्वमा ४६ सदस्यीय अनेरास्ववियु कमिटी गठन गरिएको छ ।

त्यसैगरी मन्जिल अधिकारीको नेतृत्वमा धिरनाथ सम्फुल मा.बि. बेलबारी १० मा ३६ सदस्यीय अनेरास्ववियु स्कुल कमिटी गठन गरिएको छ ।

बेलबारी -४ स्थित कसेनि मा.बि. मा पनि अपना सिवाको नेतृत्वमा २८ सदस्यीय अनेरास्ववियु स्कुल कमिटी गठन गरिएको विद्यार्थी नेतृ शितल रायले जानकारी दिइन् ।