२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

छोरी बुहारीहरुलाई लोकसेवा पढाउँदै बेलबारी नगरपालिका

Author Uttari Morang
बिहिबार, फाल्गुण २०, २०७७
छोरी बुहारीहरुलाई लोकसेवा पढाउँदै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगरपालिकाले छोरी बुहारीलाई लक्षित गरेर लोकसेवाको तयारी कक्षा संचालन गरेको छ ।

५० जना भन्दा बढी छोरी बुहारीहरुलाई १ महिनासम्म कक्षा नै संचालन गरेर पढाउने नगरपालिकाको कार्यालयले जनाएको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले लोकसेवा कक्षा संचालन गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ५० जनाको संख्यामा आवेदन खुलाएर कक्षा संचालन भएपनि तयारी कक्षामा त्यो भन्दा वढी सहभागी भएका छन्  ।

न्यू भिजन इटहरीको प्राविधिक सहयोगमा लोकसेवाको कक्षा संचालन गरिएको नगरपालिकाले जनाएको छ । गत बर्ष समेत नगरपालिकाले कक्षा संचालन गरेको थियो ।

लोकसेवाको तयारी कक्षा संचालन गरीरहेका बिद्यार्थीहरुलाई ठुलो सहयोग पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताए । तालिमबाट छोरी बुहारीहरु आत्मनिर्भर हुने र निजामती क्षेत्रमा महिलाको उपस्थिति बढ्ने विश्वास लिइएको नगरपालिकाले जनाएको छ ।