२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

एकैदिन १४ जनाको ल्याप्रोस्कोपिक शल्यक्रिया गर्दै नोबेलका डाक्टरले बनाए रेकर्ड

Author Uttari Morang
बिहिबार, फाल्गुण २०, २०७७
एकैदिन १४ जनाको ल्याप्रोस्कोपिक शल्यक्रिया गर्दै नोबेलका डाक्टरले बनाए रेकर्ड

‍नोबेल शिक्षण अस्पतालका डा. रोहित प्रसाद यादवले एकैदिन १४ जनाको शल्यक्रिया गरेका छन् ।

अस्पतालमा उपचारका लागि आएका ३ पुरुष र ११ महिलाको ल्याप्रोस्कोपिक विधिबाट गत बिहिबार एकैदिन शल्यक्रिया गरी पित्तथैलीको पथरिया निकालिएको हो ।

एउटै व्यक्तिले एकैदिन १४ जनाको शल्यक्रिया गरेको रेकर्ड नेपालमा हालसम्म नरहेको डा.यादवको दावी छ । ‘एकैदिन १०/१२ जनासम्मको शल्यक्रिया गरेको सुनेको थिए । तर, एउटै सर्जनले एकैदिन त्यो भन्दा बढी शल्यक्रिया गरेको रेकर्ड हालसम्म थाहा छैन,’ डा.यादवले भने–‘एकैदिन एउटै सर्जनले १४ जनाको सर्जरी गरेको सम्भवतः यो नेपालमै पहिलो रेकर्ड हो ।’

शल्यक्रिया गरिएका सवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । शनिवारसम्म १४ जनानै निको भएर डिस्चार्ज भइसकेका छन् । १६ बर्षअघिदेखि शल्यक्रिया थालेका डा. यादव विगत अढाई बर्षदेखि नोबेलमा कार्यरत छन् ।

हालसम्म करिब १० हजार बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिसकेको डा.यादव बताउँछन् ।