२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कृषि/सहकारी

सहकारीबाट ऋण लिएर व्यवसायमा लाग्दै तेह्रथुमका युवा, गाउँ गाउँमा सहकारी सचेतना

Author Uttari Morang
शनिबार, फाल्गुण २९, २०७७
सहकारीबाट ऋण लिएर व्यवसायमा लाग्दै तेह्रथुमका युवा, गाउँ गाउँमा सहकारी सचेतना

तेह्रथुमको आठराई गाउँपालिकास्थित  कन्चनजंघा सहकारीबाट सहुलियत दरमा व्यावसायिक ऋण लिएर युवाहरु व्यावसायमा लाग्न थालेका छन् ।

पछिल्लो समय बाख्रा पालन , बङ्गुरपालन, कुखुरा पालन जस्ता व्यावसायमा युवाहरुकाे ध्यान जान थालेसँगै उनिहरुकाे ब्यबशाय र जिविकाेपार्जनमा समेत सुधार आउन थालेको हो ।

वित्तीय क्षेत्रमा स्थानीयकाे पहुच पुर्‍याउदै सहकारीको माध्यमबाट युवाहरुलाइ स्वराेजगार बनाउने उदेश्यले टाेलटाेलमा सचेतना कार्यक्रम गरिएको आयोजक संस्थाले जनाएको छ  ।

यसैबीच तेह्रथुमको साविक थाेक्लुङका ९ वटै वडामा सहकारी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्थाका सचिव दिल बहादुर कन्दङवाका अनुसार कार्यक्रममा सहकारी संस्थाका शेयर सदस्य तथा अन्य स्थानीय बासिन्दाकाे सहभागीता छ ।

सचेतना कार्यक्रममा सहकारीकाे परिचय,महत्त्व , बचतकाे आवश्यकता ,ऋण परिचालन , वित्तीय व्यवस्थापन लगायत बिषयमा जानकारी दिइनेछ ।

आठराई गाउँपालिकाकाे आर्थिक सहयोग तथा कंञ्चनजघा बचत तथा ऋण सहकारी संस्था आयाेजनामा सञ्चालन भएको कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष अबिनारायण पराजुली र लेखा समिति संयाेजक प्रेम प्रकाश लामिछाने ऋण समिति संयाेजक रमेशकुमार बजगाईले सहजिकरण गरेका छन् ।