कांग्रेसतिर लागे धनकुटाको महालक्ष्मीका तीन सयभन्दा बढी राप्रपा नेता कार्यकर्ता
Uttari Morang
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ बाट तत्कालिन राप्रपाका ३ सय २ जना नेता कार्यकर्ताहरु नेपाली कांग्रेसतिर लागेका छन् ।
धनकुटा कांग्रेसले मूर्तीढुगाको गणेशटारमा नेपाली कांग्रेसले आयोजना गरेको पार्टी समायोजन तथा खाने कार्यक्रममा उनीहरू कांग्रेसमा समायोजित भएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ का तत्कालिन राप्रपाका ३ सय २ जनालाई कांग्रेसमा समायोजन गर्दै पार्टी सदस्यता दिइएको थियो ।नेपाली कांग्रसका सहमहामन्त्री सुनिल वहादुर थापा, जिल्ला सभापति अग्नी प्रसाद पौडेल, जिल्ला सचिव विजय सन्तोषी राई, वडा सभापति प्रेम प्रसाद ढकालले उनीहरूलाइ सदस्यता प्रदान गरी टिका तथा अविर लगाई दिएका थिए ।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापा, नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल लगायतको उपस्थितिमा भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले सवै नेपालीहरुलाई सक्षम बनाउन नेपाली कांग्रेसले गरिखाने अभियान संचालन गरेको वताउदै अव प्रत्येक नेपालीलाई उद्यमशिल बनाउदै गरिखाने अभियानमा जोड्ने बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य भक्तलाल मादेन, वडा उपसभापति मान प्रसाद काफ्ले, युवा नेताहरु खगेन्द्र मादेन, मदन घिमिरे, असित थापा लगायतले नेपाली काग्रेसले अब गाउँ गाउँबाट जागरण ल्याउनु पर्ने बताए ।
सोही समारोहमा गरिखाने कार्यक्रमको उद्यमीशिला बनी व्यावसाय संचालन गर्न चाहने इच्छुक युवाहरूलाई फारम समेत वितरण गरिएको थियो ।




