२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

पाँच जिल्लाका ठाउँ ठाउँमा निःशुल्क स्वास्थ्य शिविर गर्दै केएमसी 

Author Uttari Morang
मंगलबार, चैत्र ०३, २०७७
पाँच जिल्लाका ठाउँ  ठाउँमा निःशुल्क स्वास्थ्य शिविर गर्दै केएमसी 

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले चैत महिनामा उपत्यकाका तीनसहित आसपास क्षेत्रका पाँच जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

काठमाडौं, ललितपुर भक्तपुर, नुवाकोट र काभ्रेपलान्चोक जिल्लाका बिभिन्न स्थानमा फरक–फरक मितिमा शिविर गर्न लागिएको केएमसीले जनाएको छ ।

स्थानीय संघ सस्थाहरुसँग सहकार्य गरेर चैत ३ देखि ३० गतेसम्मको अवधिमा पाँच जिल्लामा ११ दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार चैत ३ गते भक्तपुरको झौखेल, ५ गतेदेखि १० गतेसम्म नुवाकोट, १२ गते ललितपुरको बुङमती, २० गते काभ्रेको जिरोकिलोमिटर र २३ गते काठमाडौंको मुलपानी र ३० गते काभ्रेपलान्चोकको कुशादेवीमा शिविर सञ्चालन गर्न लागिएको हो ।

यसअघि पनि केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोबेल हस्पिटलका संचालक तथा कांग्रेस नेता समेत रहेका  डा. सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि पछिल्लो समय केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।