२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

रहेनन् कांग्रेस नेता तथा सुशीलका भाइ अशोक कोइराला

Author Uttari Morang
बिहिबार, चैत्र ०५, २०७७
रहेनन् कांग्रेस नेता तथा सुशीलका भाइ अशोक कोइराला

नेपाली कांग्रेसका नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ ।

निमोनियाको समस्या झेलिरहेका उनी घरैमा अचानक अचेत भएपछि बुधबार राति बिराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान उनको निधन भएको थियो । कोइराला पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति सुशील कोइरालाका कान्छा भाइ हुन् ।

कोइराला कोइराला नेपाली कांग्रेस मोरङका पूर्व सभापति, राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष,  संविधानसभाका सदस्य र विराटनगरका पुर्व मेयर समेत हुन् । उनी २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेका  थिए । अशोक पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति सुशील भाइ अशोक नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनी २०४४ सालमा नेपाली कांग्रेसको जिल्ला सभापति बनेका थिए ।