२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

पूर्वउपराष्ट्रपति परमानन्द झाले केएमसीमा गराए पित्तथैलीको शल्यक्रिया

Author Uttari Morang
आइतबार, चैत्र १५, २०७७
पूर्वउपराष्ट्रपति परमानन्द झाले केएमसीमा गराए पित्तथैलीको शल्यक्रिया

‍ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पूर्वउपराष्ट्रपति परमानन्द झाको पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ ।

बुधबार ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पूर्वउपराष्ट्रपति झाको पित्तथैलीको पथरीया निकालिएको काठमाडौं मेडिकल कलेजले जनाएको छ ।

पथरीयाको समस्याले सताएपछि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गराउँन पूर्वउपराष्ट्रपति झा मंगलबार केएमसी भर्ना भएका थिए ।

केएमसीका बरिष्ठ सर्जन प्रा.डा.सुमन श्रेष्ठ, डा.प्रविन थापा, डा.युगल लिम्बू, डा.विशाल थापा लगायत चिकित्सकहरुको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर पित्तथैलीसहित त्यहाँ भएको पथरिया निकालेको हो ।

शल्यक्रियापश्चात झाको स्वास्थ्य अवस्था सामान्य रहेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

पूर्वी नेपालमा प्रतिष्ठित नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि अहिले स्वास्थ्य उपचार र चिकित्सा शिक्षामा केएमसीले फड्को मार्न थालेको छ ।