२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

कालोपत्रे भो मोरङकै सबैभन्दा पुरानो कानेपोखरी– रंगेली हुलाकी राजमार्ग

Author Uttari Morang
बिहिबार, चैत्र १९, २०७७
कालोपत्रे भो मोरङकै सबैभन्दा पुरानो कानेपोखरी– रंगेली हुलाकी राजमार्ग

सडक पटक पटक ठेक्का लागेर पनि पिच हुन नसकेको पूर्व पश्चिम राजमार्गदेखि –रङ्गेली – आमबारी हुँदै विराटनगरलाइ  जोड्ने मोरङकै सबैभन्दा पुरानो कानेपोखरी– रंगेली हुलाकी राजमार्ग निर्माण सम्पन्न भई उद्घाटन समेत भएको छ ।

सडक निर्माण कम्पनीले कानेपोखरी– रंगेली हुलाकी राजमार्ग समुदायलाई हस्तान्तरण गरेको छ । कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले कालोपत्रे सडक उद्घाटन गरेका छन् । सडक उद्घाटन गर्दै काफ्लेले यो राजमार्ग  बनेपछि स्थानीय उपभोक्ताको दैनिकी नै परिवर्तन भएको बताए ।

सडक भारतीय सरकारको ७० करोड २४ लाख ३१ हजार ६७९ रुपियाँ सहयोगमा बनेको हो । निर्माण कम्पनी कन्चनजङ्घा निर्माण सेवाका सञ्चालक टेण्डी शेर्पाले ९९ प्रतिशत काम सम्पन्न भएको बताए । केही स्थानमा ड्रेनमाथि स्ल्याब राख्ने र माइल स्तम्भ राख्ने बाहेक सबै काम सकिएको शेर्पाले बताए  ।

२५ दशमलव ४० किमी लम्बाईको यस सडकलाई जिल्लाको पहिलो हुलाकी सडक नाम दिइएको छ ।

पञ्चायत कालदेखि नै कालोपत्रे हुने सूचीमा पर्दै आएको कानेपोखरी–रङ्गेली सडक पटक पटक ठेक्का लागेर पनि निर्माण कम्पनी आधा काम गर्दै भाग्न थालेपछि स्थानीय उपभोक्ताले सडक फराकिलो र कालोपत्रे हुने कुरा पत्याएका थिएनन् । पछिल्लो पटक २०११ को मार्चमा २०१३ को अगस्टमा नेपाल सरकारलाई सडक जिम्मा लगाउने गरी सम्झौता गरेको भारतीय निर्माण कम्पनी जिभिआर इन्फ्राप्रोजेक्ट लि. चेन्नइले जीभिआरसँग निर्माण सम्झौता भएको थियो । तर १८ महिनापछि त्यो कम्पनी काम छोडेर भागेपछि कानेपोखरी – रङ्गेली क्षेत्रका वासिन्दाको कालोपत्रे सडकको सपना अधुरो बनेको थियो  ।

भारतीय कम्पनी काम छोडेर भागेको चार वर्षपछि २०७४ असार ६ गते हाल निर्माण सम्पन्न गरेको नेपाली निर्माण कम्पनी लामा, डाँफे ,द कन्चनजंघा कन्ट्रक्सन प्रालिले सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो । यस कम्पनीले पनि २०७६ को असार ५ गते यो सडक कालोपत्रे गरेर हुलाकी सडक आयोजनालाई जिम्मा लगाउने सम्झौता भएको थियो । तर, निर्माण सामग्री आपूर्ति गर्न र त्यसपछि कोभिडका कारण काम गर्न ढिलाइ भएपछि तोकिएको समय भन्दा २१ महिनापछि सडक हस्तान्तरण गरेको हो । – गोर्खापत्र