२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

कुमारी बैंकको बार्षिकोत्सवमा केएमसीको स्वास्थ्य शिविर, १६ सय विरामी लाभान्वित

Author Uttari Morang
आइतबार, चैत्र २२, २०७७
कुमारी बैंकको बार्षिकोत्सवमा केएमसीको स्वास्थ्य शिविर, १६ सय विरामी लाभान्वित

कुमारी बैंकको २० औं बार्षिकोत्सवको अवसर पाँचपोखरी थाङ्पाल गाउँपालिका र काठमाडौं मेडिकल कलेजको सहकार्यमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ६ सय भन्दा बढी विरामी लाभान्वित भएका छन् ।

स्थानीय थाङ्पाल माध्यमिक विद्यालयमा आयोजित शिविरमा १ हजार ६ सय ४४ जना विरामीको निःशुल्क उपचार गरिएको काठमाडौं मेडिकल कलेजका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा २ सय ६४ जनाको भिडियो एक्सरे, २ सय ९ जनाको ल्याब टेष्ट र १ सय ९८ जनाको इसीजी गरिएको छ । त्यस्तै, ६४ जनाको दाँत फुकालिएको आयोजकले जनाएको छ ।