२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

एनआरएनद्वारा एक बर्षभित्र ५० मुलुकका एक लाख ७० हजार नेपालीलाई सहयोग

Author Uttari Morang
सोमबार, चैत्र २३, २०७७
एनआरएनद्वारा एक बर्षभित्र ५० मुलुकका एक लाख ७० हजार नेपालीलाई सहयोग
गैह्र आवाशीय नेपाली संघ एनआरएनले कोभिड-१९ का कारण समस्यामा परेका ५० भन्दा बढी मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत बितरण तथा सहयोग गरेको छ ।

कोभिड-१९ महामारीपछि संघको पहलमा  ५० देशका ३ सयभन्दा बढी शहरमा रहेका नेपालीलाई राहत वितरण गरिएको जएनआरएनले जनाएको छ ।           उद्धार तथा राहत विवरण सार्वजनिक गर्दैले  समसंयामा परेका मध्ये  घरफिर्तीका लागि ३ सय २४ जनाको पीसीआर परीक्षण गराएको छ । त्यसैगरी २ सय १७ जनालाई आंशिक हवाई टिकटको ब्यबस्था गरिएको छ ।

रोजगारी गुमाएका,  स्वदेश फर्कन बाध्य बनाइएका, महिला, अपाङ्गता भएका, बिरामी र स्वदेश फर्कनैपर्ने आवश्यकता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय निकायबाट समेत प्राप्त सहयोगबाट टिकटको ब्यबस्था गरिएको  संघले जनाएको छ ।  धेरै नेपाली श्रमिक भएका मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत तथा ओमान लगायत मुलुकमा राहत र उद्धारको विशेष अभियान चलाइएको संघले जनाएको छ ।

 नेपाल सरकारसँगको सहकार्यमा प्रवासी नेपालीहरुलाइ खाना तथा बासको व्यवस्था, घरफिर्ती कार्यका लागि आंशिक हवाई टिकट तथा पीसीआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा उपचार  गरिएको संघका अध्यक्ष कुमार पन्तले बताए ।

संघका महासचिव डा. हेमराज शर्माले कोभिड-१९ पछाडि देखिन सक्ने मानसिक स्वास्थ्यलाई ध्यानमा राखी विश्वभर २ सयभन्दा बढी नेपाली चिकित्सक परिचालन गरिएको बताए ।