२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

झापा कन्काईमा नोबेलको स्वास्थ्य शिविर, तीन हजार बिरामीको निःशुल्क उपचार

Author Uttari Morang
शनिबार, चैत्र २८, २०७७
झापा कन्काईमा नोबेलको स्वास्थ्य शिविर, तीन हजार बिरामीको निःशुल्क उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको कन्काई नगरपालिकाका दुई स्थानमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

कन्काई–७ दुर्गापुरमा दुई दिन र कन्काई–३ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

रोटरी क्लब अफ सुरुङ्गासँग सहकार्य गरी मंगलबार कन्काई–३ स्थित पशुपति बोर्डिङ स्कूलमा सञ्चालित शिविरमा ९ सय ८४ जनाको निःशुल्क उपचार गरिएको छ । शिविरमा २ सय ३ जनाको ल्याव टेष्ट, १ सय ९८ जनाको भिडियो एक्सरे र १ सय ७८ जनाको इसीजी गरिएको अस्पतालले जनाएको छ ।

यता कन्काई–७ दुर्गापुरस्थित भृकुटी माध्यमिक विद्यालयमा बुधबार र बिहिबार दुई दिन सञ्चालित शिविरबाट २ हजार ३६ जना बिरामी लाभान्वित भएका हुन् ।

शिविरमा ३ सय ५२ जनाको इसीजी, ३ सय ३ जनाको ल्याव टेष्ट र ४ सय १३ जनाको भिडियो एक्सरे गरिएको छ ।

दुई स्थानमा तीन दिन सञ्चालित शिविरमा ३ हजार २० जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।