२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

भ्रष्टाचारी मन्त्री मुर्दाबाद भन्दै कानेपोखरीका युवाले झण्डै खेदाए भानुभक्तलाइ

Author Uttari Morang
शनिबार, चैत्र २८, २०७७
भ्रष्टाचारी मन्त्री मुर्दाबाद भन्दै कानेपोखरीका युवाले झण्डै खेदाए भानुभक्तलाइ

एमाले ओली समुहको मोरङ कानेपोखरी गाउँ कमिटीका नव गठित सदस्यहरुलाइ सपथ ग्रहण गराउन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंन्त्रि भानुभक्त ढकाललाइ स्थानिय युवाले कालो झण्डा देखाएका छन् ।

कानेपोखरी ६ स्थित रमाइलो बजारमा   वाइ सि एल र तरुण दलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् ।

शुक्रबार दिउँसो रमाइलो चौकमा भ्रष्टचारी मन्त्री मुर्दाबाद, भ्रष्टचारी बाइ बाइ क्षेत्र छिर्न नपाइ, १ अर्ब २४ करोडको हिसाव खोइ लगायतको प्लेकार्ड बोकेका युवाहरुले मंन्त्री ढकाल बिरुद्ध नाराबाजी गर्दै कालो झण्डा प्रर्दशन गरेका थिए ।

युवाहरुले चर्को नारा बाजी सहित कालो झण्डा देखाए पछि मंन्त्री ढकाल बाटो परिर्वतन गरी कार्यक्रम स्थल गएका थिए ।