२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

मोरङमा पार्टी एवम् संगठन निर्माणलाई तिब्र बनाउँदै बिद्रोही एमाले

Author Uttari Morang
सोमबार, बैशाख १३, २०७८
मोरङमा पार्टी एवम् संगठन निर्माणलाई तिब्र बनाउँदै बिद्रोही एमाले

नेकपा एमाले नेपाल खनाल समुहले पार्टी संगठन निर्माणको कामलाई तिब्र बनाएको छ।

केहिदिन अघि विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय खोलेको उक्त समुहले शनिवार जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएको छ ।

मोरङको सुन्दरहरैचामा चैत २८ गते बनाइएका जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइएको हो ।

सो समूहले एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो ।

जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई एमालेका सचिव तथा १ नम्बर प्रदेश इन्चार्ज भीम आर्चालयले सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले बैशाख अन्तिमदेखि यो सरकारलाई संकट आइपर्ने बताए । जेठ १५ सम्ममा निति तथा कार्यक्रम ल्याइ सक्नुपर्छ आचार्यले भने तर निति तथा कार्यक्रम पास गर्न सरकारलाई बहुमत पुग्दैन । उनले थपे अहिले त्यसकै छटपटीमा प्रधानमन्त्री ओलि लागेका हुन ।

सचिव आचार्यले मदन भन्डारी फाउन्डेसनका नाममा गठन गरीएका कमटीलाई ओलिले आधिकारीकता दिएकोले त्यसलाई मान्न नसकिने समेत उद्घोष गरे ।

उनले बैशाख अन्तिमदेखि देशमा जटिल अबस्था आउन सक्ने भएकोले त्यसमा डट्न समेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।