२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

आगलागी पीडितलाइ उद्योग बाणिज्य संघ र धनकुटाका ब्यबशायीहरुको सहयोग

Author Uttari Morang
मंगलबार, बैशाख १४, २०७८
आगलागी पीडितलाइ उद्योग बाणिज्य संघ र धनकुटाका ब्यबशायीहरुको सहयोग

धनकुटा उद्योग बाणिज्य संघले धनकुटा ७ का आगलागी पीडित व्यावसायीहरुलाई आर्थिक सहयोग गरेको छ ।

धनकुटा र हिले बजारका व्यावसायीहरुबाट प्राप्त सहयोग र संघको तर्फबाट समेत गरी जम्मा ८० हजार ७० रुपैयाँ हस्तान्तरण गरिएको हो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा ७ का आगलागी पीडित बहुमुखी पाठशालाका संचालकहरु यूवा व्यावसायी सरोज भूजेल र सोभित श्रेष्ठलाई प्रदान गरे ।

सो अवसरमा संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ, उपाध्यक्ष खगेन्द्र विष्ट, कृष्ण श्रेष्ठ, निर्मला राई, महासचिव राम वहादुर गोङ्वा, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु नविन श्रेष्ठ, रेवती प्रसाद अधिकारी, अम्विका धमला, रिदम श्रेष्ठ, डिजेश शाक्य, नगेन्द्र काफ्ले, शोभा श्रेष्ठ, छथर उद्योग बाणिज्य संघका अध्यक्ष शिव श्रेष्ठ, पूर्व कार्यालय सचिव जयन्द्र प्रधान, कार्यालय सचिव सिचन प्रधान लगायत पनि उपस्थित थिए ।

धनकुटा नगरपालिका वडा नं. ७ मदनचौक छेउमा रहेको बहुमुखी पाठशालाको भवनमा केही समयअघि भएको आगलागीबाट पूर्ण रुपमा क्षती हुदाँ त्यहा रहेको पाठशालाका सामाग्री, साउण्ड सिष्टमका समाग्री, टपरी बनाउने मेसेन, विभिन्न जात जातीका भेष भुषा लगायत त्यहाँ रहेका सम्पूर्ण समाग्रीहरु जलेर नष्ट हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको थियो ।