२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारीमा २७ जना पुगे कोरोना सक्रमित, एकको मृत्यु

Author Uttari Morang
मंगलबार, बैशाख २१, २०७८
बेलबारीमा २७ जना पुगे कोरोना सक्रमित, एकको मृत्यु

‍मोरङको बेलबारीमा कोरोना सक्रमितको सख्या २७ पुगेको छ ।कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ ।

बेलबारीका तिन वटा वडामा ५ जना थपिएसँगै सक्रमितको सख्या २७ पुगेको हो । मंगलबार २६ जनाको स्वाब सकलन गरिएकोमा १,३ र ४ नम्बर वडाका ५ जना सक्रमित फेला परेका थिए मंगलबार २६ जनाको स्वाब सकलन गरीएको थियो ।

कोरोना संक्रमणका कारण बेलबारीमा १ जनाको मृत्यु भएको छ ।

बेलबारी २ का ६६ बर्षिय एक पुरुषको मंगलबार बिहान ४ बजे होम आइसोलेशनमा मृत्यु भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।

आइतबारसम्म २० जना संक्रमित भएकोमा सोमबार पाँच जनामा गरीएको एनटिजिन परिक्षणमा दुई जना संक्रमित थपिएका थिए ।

विश्वकर्माका अनुसार अहिलेसम्म बेलबारीका १, २, ३, ४, ५, ७, ९, १० र ११ गरी आठवटा वडामा कोरोना संक्रमित फेला परेका छन् ।