२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

धनकुटामा चार दर्जनभन्दा बढीलाई कोरोना, बैशाख मसान्तसम्म निषेधाज्ञा

Author Uttari Morang
बिहिबार, बैशाख २३, २०७८
धनकुटामा चार दर्जनभन्दा बढीलाई कोरोना, बैशाख मसान्तसम्म निषेधाज्ञा

‍  धनकुटा नगरपालिका क्षेत्रमा कोरोना भाईरस तिव्र रुपमा फैलदै गएपछि जिल्ला प्रसासन धनकुटाले बुधबार राती १२ बजेदेखि बैसाख समान्तसम्म निषेधाज्ञा जारी गरेको छ ।

धनकुटा जिल्ला क्राइसिस मेनेजमेन्ट कमिटिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा बुधबार सम्पन्न भएको बैठकले धनकुटा नगर क्षेत्रमा राती १२ बजेदेखि बैसाख मसान्तसम्म निशेधआदेश जारी गर्ने निर्णय गरेको हो ।

बैठकले विहान ६ बजेदेखि ९ बजे सम्म र साझ ४ बजेदेखि ६ बजेसम्म दैनिक उपभोग्य सामग्रीहरु र अत्यावाश्यक सामग्रीहरुको पसल खुल्ला रहने र अन्य सम्पूर्ण पसल तथा व्यावसायहरु बन्द गर्ने निर्णय गरेको छ ।
निशेध आदेशको समयमा सम्पूर्ण व्यावसाय तथा पसलहरु निजि तथा सार्वजानिक भाडाका सवारी साधनहरु बन्द रहने तर  दैनिक उपभोग्य तथा अत्यावश्यक सामाग्रीहरु, फोहर बोक्ने, एम्बुलेन्स लगायतका साधनहरु संचालन हुने छन् ।

विहान र साँझ तोकिएको समयमा आफुलाई चाहिने दैनिक उपभोग्य सामाग्रीहरु लगायत अत्यावाश्यक समाग्रीहरु विक्रि वितरण तथा किन मेल गर्न समेत व्यापारी तथा आम उपभोक्ताहरुलाई धनकुटा उद्योग बाणिज्य संघले अपिल गरेको छ ।

दैनिक उपभोग्य तथा अत्यावाश्यक सामाग्रीहरु विक्री वितरण तथा खरिद गर्दा अनिवार्य माक्स लगाई समाजिक दुरी कायम गरी सुरक्षित ढंगले गर्न संघले आग्रह गरेको छ ।

धनकुटा नगरपालिका क्षेत्रमा बुधबारसम्म चार दर्जन भन्दा बढीलाई कोरोना संक्रमित भैसकेको र फैलने क्रम दैनिक तिव्र रहेको बताइएको छ ।