२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

राजमार्ग किनारमा फालिएको फोहोर सफा गर्दै बेलबारीका नगर प्रहरी

Author Uttari Morang
आइतबार, बैशाख २६, २०७८
राजमार्ग किनारमा फालिएको फोहोर सफा गर्दै बेलबारीका नगर प्रहरी

मोरङको बेलबारी नगरपालिकाका नगर प्रहरीहरुले पुर्वपश्चिम राजमार्गको सरसफाई गरेका छन् ।

पर्यटकिय नगरको रुपमा बिकास भइरहेको नगरपालिका क्षेत्रभित्र पर्ने सडक खन्डमा फालिएका पानीका बोतल, सिसा तथा चाउचाउ, बिस्कुट लगायत प्लास्टिक तथा अन्य बस्तुहरु सरसफाई गरेका हुन ।

ट्राफिक कार्यालय बेलबारीदेखि लक्ष्मीमार्गसम्म सरसफाई गरीएको नगर प्रहरीका इन्चार्ज सल बहादुर गुरुङले बताए ।

यात्रुहरुले जथाभाबी फोहोर गरेपछि नगरपालिकाले नगरप्रहरीलाई पठाएर सररसफाई गराएको हो ।

सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले पानीका बोतल, चाउचाउ बिस्कुट लगायतका बस्तुहरु प्रयोग गरेर फोहोर फाल्ने गरेपछि राजमार्ग फोहोरी बन्दै गइरेको थियो ।

नगरपालिका क्षेत्रभित्र पर्ने किस्तीदेखि चिस्याङ पुलसम्म सरसफाई गरीने नगरपालिकाले जनाएको छ ।