२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

कोरोना जाँच तथा उपचारका लागि नोबेलमा छुट्टै ओपीडी

Author Uttari Morang
शुक्रबार, बैशाख ३१, २०७८
कोरोना जाँच तथा उपचारका लागि नोबेलमा छुट्टै ओपीडी

नोबेल शिक्षण अस्पतालले कोरोना ओपीडी सेवा सञ्चालन गरेको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेशनमा बसेका संक्रमितको परीक्षणका लागि नोबेलले  निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन गरेको हो ।

पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएमा संक्रमित व्यक्ति होम आइसोलेशनमा बस्ने गर्छन् । स्वास्थ्यमा समस्या बढेमा कोभिड अस्पतालमा भर्ना गरेर उपचार गर्ने गरिन्छ ।

तथापी कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तर, पीसीआर परीक्षण नगराएका विरामीहरु उपचार पाउनबाट बन्चित बन्दै आएका थिए ।

होम आइसोलेशनमा बसेका संक्रमितको स्वास्थ्य परीक्षणमा पनि समस्या हुँदै आएको थियो । यस्तै अनेक समस्या बेहोर्दै आएकाहरुको उपचारमा सहजताका लागि कोभिड ओपीडी सेवा सञ्चालन गरिएको नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले बताए ।

नोबेलले बेग्लै क्षेत्र छुट्याएर बिहान ९ बजेदेखि ५ बजेसम्म कोभिड ओपीडी सञ्चालन गरेको हो । सो ओपीडीमा डाक्टरहरुले उच्च सावधानी अपनाएर विरामीको स्वास्थ्य परीक्षण गर्ने गर्छन् । ओपीडी दिउँसो मात्र सञ्चालन भएपनि त्यस्ता विरामीको सीटीस्क्यान सेवा भने २४ सै घण्टा गर्ने व्यवस्था मिलाइएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेशनमा बसेका संक्रमितको उपचारमा समस्या हुँदै आएको पाइएकाले उनीहरुको सहजताका लागि निःशुल्क कोभिड ओपीडी सञ्चालन गरिएको नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले जानकारी दिए ।

नोबेलमा सरकारले तोकेको अधिकतम शुल्कभन्दा ५ सय रुपैयाँ कम अर्थात १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण हुँदै आएको छ । स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा नोबेलमा कोरोना संक्रमितको उपचार पनि निःशुल्क गरिदै आएको छ ।