२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

धनकुटामा २० बेडको कोभिड अस्पताल संचालन, उद्योग बाणिज्य संघद्वारा अवलोकन 

Author Uttari Morang
शनिबार, जेठ ०८, २०७८
धनकुटामा २० बेडको कोभिड अस्पताल संचालन, उद्योग बाणिज्य संघद्वारा अवलोकन 

‍धनकुटाको औद्योगिक ग्राममा  धनकुटा कोभिड अस्पताल संचालन गरिएको छ ।

धनकुटा जिल्ला अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माको सक्रियतामा उनकै नेतृत्वमा अस्पताल संचालन भएको हो ।

२० बेड क्षमता भएको कोभिड अस्पतालमा हाल ८ जना कोभिडका विरामीहरुको उपचार भैरहेको धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले वताए ।

धनकुटा कोभिड अस्पतालमा राम्रोसंग उपचार भैरहेको उपचारर्थ कोभिडका विरामीहरु र विरामीका कुरुवाहरुले वताएका छन ।

धनकुटा जिल्लामा सयौं कोरोनाका संक्रमित विरामीहरु भएपता पनि अस्पतालमा नै भर्ना गर्नुपर्ने ८ जना विरामी मात्र अहिले कोभिड अस्पताल धनकुटामा अक्सिजन सहित उपचार गरिरहेका र अन्य विरामीहरु घर घरमा नै होम आईसोलेसनमा वसेर स्वास्थ्यकर्मीहरुको सल्लाह र परार्मशमा उपचार गराईरहेको अस्पतालले जनाएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष सहितको टोलीले कोभिड अस्पतालको अवलोकन गरी विरामीहरुको अवस्था बारे जानकारी लिएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई नेतृत्वको टोलीले अस्पताल  अवलोकन गरी विरामीहरुको अवस्थाको वारेमा जानकारी लिएको हो।

धनकुटा कोभिड अस्पतालमा उपचारमा रहेका विरामी र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य तथा सुरक्षा सामग्रीहरु सहयोग गर्ने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए  । धनकुटा जिल्लामा हालसम्म ४ सयभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् ।