रहेनन् रेडियो बेतनाका पुर्वअध्यक्ष तथा हातेमालोका अध्यक्ष पुर्वसांसद बस्नेत
Uttari Morang
नेकपा एमालेका पूर्व सांसद, रेडियो बेतनाका पुर्व अध्यक्ष तथा सुन्दरहरैंचास्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण निधन भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ४ बजे उनको निधन भएको हो ।
मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई एक हप्तादेेखि बिसन्चो भएपनि समस्या बढेपछि दुई दिनअघि अस्पताल लगिएको थियो ।
बस्नेत भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका पूर्वसांसद हुन् । अरुण माध्यमिक अंग्रेजी स्कुल भोजपुरका पुर्व प्रधानाध्यापक, नेपालकै प्रितिष्ठित षडानन्द गुठीका पुर्व अध्यक्ष , योगमाया विश्व विध्यालयका अगुवा नेतृत्वकर्ता, हातेमालो बहुउद्देश्यीय सहकारीका संस्थापक तथा बर्तमान अध्यक्ष र संयन्त्र संचार सहकारी (रेडियो बेतना) का अध्यक्ष भइसकेकोका थिए ।
बस्नेत नेकपा एमाले परित्याग गरेर केही बर्षयता ऋषि कट्टेल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य थिए ।




