२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

‍पत्रकार महासंघ र प्रेस युनियनले धनकुटाका संचारकर्मीलाई दिए स्वास्थ्य सामग्री

Author Uttari Morang
शनिबार, जेठ १५, २०७८
‍पत्रकार महासंघ र प्रेस युनियनले धनकुटाका संचारकर्मीलाई दिए स्वास्थ्य सामग्री

नेपाल पत्रकार महासंघ प्रदेश समिति र नेपाल प्रेस युनियनले धनकुटाका संचारकर्मीहरुलाई  स्वास्थ्य सामग्रीहरु प्रदान गरेका छन् ।

नेपाल पत्रकार महासंघका प्रदेश नम्वर १ का महिला उपाध्यक्ष हिमा कुमारी चेम्जोङ्गले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष देवकला कार्की, सचिव हरी लम्जेलमार्फत  धनकुटाका संचारकर्मीहरुका लागि  मास्क र सेनिटाईजरहरु प्रदान गरेकी छिन् ।

धनकुटाका संचारकर्मीहरु अत्यन्तै ठूलो जोखिममा रहेर फ्रन्ट लाईनमा काम गरिरहेकाले उनीहरुको सुरक्षाका लागि सुरक्षित  स्वास्थ्य समाग्रीहरु प्रदान गरिएको नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष हिमा चेम्जोगले वताइन्।

सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, पूर्व अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष देवकला कार्की, सचिव हरी लम्जेल, पूर्व कोषाध्यक्ष नारायण कुमार राई लगायतका  संचारकर्मीहरुले महामारीले विपत सिर्जना गरिहेको अवस्थामा प्रदेश पत्रकार महासंघले सुरक्षित तथा स्वास्थ्य समाग्रीहरु उपलब्ध गराएर धनकुटाका संचारकर्मीहरुलाई उत्साह र उर्जा पैदा गराएको वताए ।

त्यसैगरी नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा र पत्रकारसंग सम्वद्धसँग संगठनहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ  ।

नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरि वहादुर लम्जेल, आदिवासी जनजाती पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा, प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष सन्तोष रुचाल, नेपाल प्रेस युनियन धनकुटाका कोषाध्यक्ष पूर्ण चौधरी, प्रेस सेन्टर धनकुटाका अध्यक्ष इश्वर थापा लगायतका पत्रकारहरुलाई नेपाल प्रेस प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले बिहीबार  मास्क ,सेनिटाईजर लगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरेका हुन्  ।

सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका पदाधिकारी तथा पत्रकारसँग सम्वद्ध संघ संगठनका पदाधिकारीहरु उपस्थित थिए ।
कोराना महामारीको विचमा पनि जीवनलाई जोखिममा राखेर  फ्रन्ट लाईनमा रहेर काम गरिरहेका  पत्रकारहरुलाई उत्साह र उर्जा प्रदान गर्नका लागि पत्रकारहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले वताए ।