२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

कोरोना परिक्षणलाई फराकिलो र सहज बनाउन कांग्रेस धनकुटाको माग

Author Uttari Morang
सोमबार, जेठ २४, २०७८
कोरोना परिक्षणलाई फराकिलो र सहज बनाउन कांग्रेस धनकुटाको माग

धनकुटाका सवै पालिका र वडाहरुमा कोरोना भाईरसको परिक्षण बिधिलाई फराकिलो र सहज बनाउन नेपाली कांग्रेस धनकुटाले माग गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईले विज्ञप्ती जारी गर्दै  जिल्लाका सवै क्षेत्रहरुमा कोरोना व्यापक फैलिएर सवैलाई आतंकित ,भयभित र त्रसित बनाईरहेकोले परिक्षण विधिलाई फराकिलो, सहज र व्यापक बनाउन माग गरेका हुन् ।
कोरोना भाईरस समुदाय स्तरमा व्यापक ढंगले फैलिदै जनजीवनलाई नराम्रोसंग प्रभावित बनाउदै त्रसित र भयवित बनाएकाले उच्च मनोवल र साहसका साथ कोरोना भाईरस विरुद्ध युद्ध लड्न धनकुटेलीहरुमा धनकुटा कांग्रेसले आव्हान गरेको छ ।

कांग्रेस धनकुटाका जिल्लापदाधिकारी, जिल्ला सदस्यहरु, नगर सभापतीहरु, वडा सभापतीहरु, पार्टीका नेता गणहरु र क्रियाशिल सदस्यहरु गरी ८६ जना कांग्रेसजन सहित  जम्मा १ हजार १ सय ६३ जना धनकुटेली नागरिकहरु अहिले कोरोना संक्रमित भइसकेको र २३ जनोको कोरोना भाईरसका कारण मृत्यु समेत भैसको  धनकुटा कांग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

धनकुटा जिल्लाका सवै पालिकाका वडाहरुमा अहिले कोरोना भाईरसको एनटीजेन परिक्षण भैरहेकाले कोरोना भाईरससंग सम्वद्ध कुनै पनि लक्षण देखिएमा र कन्ट्राक टे«सिङ्गमा पर्नु भएकाहरुले समेत अनिवार्य परिक्षण गरी कोरोना भाईरस विरुद्धको युद्धमा सशक्त ढंगले लडाई लड्न समेत नेपाली कांग्रेस धनकुटा जिल्ला समितिले सवैमा अपिल  गरेको छ ।

कोरोना भाईरसको परिक्षण तथा उपचारका लागि कुनै पनि समस्या परेमा नेपाली कांग्रेस कांग्रेस धनकुटाले सहयोग गर्ने जानकारी गराउदै  कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले नेपाली कांग्रेसका वडा तह, पालिका तह वा जिल्ला नेताहरुसंग सम्पर्क गर्न आव्हान गरेका छन् ।
यसैबीच ‍‍कोभिड आकस्मिक कक्ष धनकुटा अस्पतालमा रहेका कोरोना संक्रमितहरु व्यवसायीहरु लगायत अन्य संक्रमितहरुको  वारेमा  र धनकुटा बजार क्षेत्रका होम आईसोलेसनमा उपचार गराईरहेका विरामीहरुको अवस्थाको वारेमा धनकुटा अस्पताल  व्यवस्थापन समितिका  सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले भेटघाट गरेका छन्
।