२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

धन्न पैसा चाहिँ दिइएको रैनछ नक्कली बोका बाख्रा किन्ने ग्रो अर्गानिकलाइ

Author Uttari Morang
सोमबार, जेठ ३१, २०७८
धन्न पैसा चाहिँ दिइएको रैनछ नक्कली बोका बाख्रा किन्ने ग्रो अर्गानिकलाइ

बेलबारी नगरपालिकाले ग्रो अर्गानिक कृषि प्रा. लि. सखुवासभालाई ठेक्का बापत हालसम्म कुनै प्रकारका रकम भुक्तानी नगरेको  जनाएको छ ।                 नगरपालिका र ग्रो अर्गानिक कृषि प्रा.लि. सखुवासभा बिच बोयर बाख्रा खरिद सम्बन्धमा २०७८ जेठ ३ गते गरेको सम्झौता खारेज गर्ने निर्णय पनि भएको छ ।

ग्रो अर्गानिक कृषि .प्रा.लि. ले ठेक्का बापत जम्मा गरेको जमानत रकम जफत गरी प्रा.लि. लाई कालो सुचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारीस गर्ने निर्णय गरेको नगरपालिकाका प्रबक्ता योगेन्द्र सुबेदीले जानकारी दिए ।

सुबेदीका अनुसार नगर कार्यापालिका सदस्य बिन्दुकला गुरुङको संयोजकत्वमा छानविन समिति पुनरगठन गरेको छ । समितिको सदस्यहरुमा नेकपा एमाले, नेपाली काग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजबादी पाटी रहेका छन ।

 अष्ट्रेलियाबाट शत प्रतिशत शुद्ध बोयर बोकापाठी ल्याएर किसानलाई बाँड्ने नगरपालिकाको कार्यक्रम अनुसार ग्रो अर्गानिक कृषि प्रा.लि. सँग सम्झौता भएको थियो । तर नवलपरासीबाट नक्कली बोयर ल्याइएको खुलेपछि नगरपालिकाले कारबाही गर्ने निर्णय गरेको हो ।