२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

खेलकुद महासंघ मोरङको जिल्ला समिति बिस्तार, ५० जना थप

Author Uttari Morang
बिहिबार, आषाढ १०, २०७८
खेलकुद महासंघ मोरङको जिल्ला समिति बिस्तार, ५० जना थप

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मोरङको बिस्तारित बैठकले विद्यमान कमिटी विस्तार गरेको छ ।

  अध्यक्ष हेमन्त सुवेदीको अध्यक्षतामा भएको भर्चुअल बैठकले ७५ सदस्यीय समितिलाई बिस्तार गरी एक सय २५ सदसीय बनाएको छ ।

  विस्तार गरिएको कमिटीमा उपाध्यक्षमा गोमा चौधरी, सचिव दिनेश कर्ण र  उमेश श्रेष्ठ उपसचवहरु नविन मण्डल ,पुस्कर पोखरेल, विष्णु बस्नेत कोषाध्यक्ष भुवन खतिवडा छन् ।

बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य महेश रेग्मी महासंघका केन्द्रिय प्रथम उपाध्यक्ष तथा पुर्व सदस्य सचिव केशव बिष्ट उप महासचिव रबिन नगरकोटी लगायतको सहभागिता थियो ।

बिस्तारित बैठकले यसअघि निधन भएका महासंघका जिल्ला सदस्य विजय थापा, पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका पुर्व सचिव महेन्द्रजंग कार्की र सदस्य लक्ष्मी राई प्रति शोक प्रस्ताव पारित गरेको छ ।