२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

चतरा स्वास्थ्य केन्द्रलाई मोसुमार्फत एनआरएनले दियो अक्सिजन कन्सनटेटर

Author Uttari Morang
मंगलबार, आषाढ २२, २०७८
चतरा स्वास्थ्य केन्द्रलाई मोसुमार्फत एनआरएनले दियो अक्सिजन कन्सनटेटर

सुवास गौतम, कतार

गैर आवासीय नेपाली संघ  (एनआरएनए) ले  कोरोना महामारी रोकथामको लागि सुनसरी स्थित चतरा स्वास्थ केन्द्रलाई २ थान अक्सिजन कन्सनटेटर सहयोग गरेको छ ।

काठमाडौबाट सुनसरी चतरा स्वास्थ केन्द्रसम्म अक्सिजन कन्सनटेटर ल्याउने ब्यबस्था गरेको
मोरङसुनसरी सेवा समाजका प्रतिनिधिले मंगलबार  स्वास्थ्य चौकीलाई कन्सनटेटर हस्तान्तरण गरेका छन् । मोसुका पुर्व अध्यक्ष  रामनाथ भण्डारी, टेकनाथ बराल, पुर्व सह-कोषाध्यक्ष सोम राई लगायत स्थानीय सामाजिक अगुवा तथा पत्रकारहरुको उपस्तितिमा चतरा स्वास्थ केन्द्रका ब्यवस्थापक डा. अनिल गिरी तथा कार्यालय प्रमुख डा. अन्जु थापा लाई उक्त्त सामग्री हस्तान्तरण गरिएको थियो।

कन्सनटेटर लिएपछि डा. गिरिले सामग्री ब्यबस्था गराउने संस्था गैर आवासिय नेपाली सघ तथा  समन्वय र सहकार्य गरी उक्त सामग्री सकुसल ल्याएर हस्तान्तरण गर्नु हुने मोसु नेपाललाई धन्यवाद दिए ।

ब्यवस्थापक डाक्टर अनिल गिरीका अनुसार
प्राथमिक स्वास्थ्य केन्द्र चतराबाट दैनिक २ सय देखि २ सय ५० जना सर्वसाधारण विरामीहरुलाई सार्वजनिक विदाको‌ दिन बाहेक विहान‌ ७ वजे देखि‌ बेलुका ८ वजे सम्म नि:सुल्क ओ.पि.डी.सेवा दिने गरिएको छ ।

२४ औ घन्टा इमरजेन्सी, फार्मेसी, ल्याव, एक्सरे, प्रसुति सेवा सुविधा तथा हरेक सनिवार फिजिसियन तथा मेडिसिन विशेषज्ञ, वाल रोग, हाडजोर्नी, नसा रोग, आँखा रोग सम्बन्धि विशेषज्ञ एवम्  एक्सरे तथा फिजियोथेराअपी  जस्ता गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउदै आइएको डा. गिरीले बताए।

प्राथमिक स्वास्थ्य केन्द्र चतराबाट सुनसरी, उदयपुर, धनकुटा तथा भोजपुर जिल्लाका केही गाउँ बस्तिका स्थानीय बासिन्दाहरुले  प्रत्यक्ष-अप्रत्यक्ष  रुपमा गुणस्तरीय सेवा सुविधा लिईरहेका छन् ।
दुई जना डाक्टर र ३५ जना स्वास्थ्यकर्मीहरु रहेको स्वास्थ्य केन्द्रले १० बेडको आधारभुत अस्पताल पनि सन्चालन आएको छ।