२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

नोबेल अस्पतालमा सुचारु भो निःशुल्क प्रसुती सेवा, यातायात खर्च पनि दिइने

Author Uttari Morang
बिहिबार, आषाढ २४, २०७८
नोबेल अस्पतालमा सुचारु भो निःशुल्क प्रसुती सेवा, यातायात खर्च पनि दिइने

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निःशुल्क प्रसुती सेवा सुरु भएको छ ।

सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत नोबेलमा निःशुल्क प्रसुती गराउन थालिएको हो ।
सरकारी निकायसँगको सम्झौता अनुसार नोबेलले २०६७ फागुन २३ गतेदेखि नै निःशुल्क प्रसुती गराउँदै आएको भएपनि स्तरोन्नतीका लागि गत भदौ महिनाबाट यो सेवा स्थगित गरिएको थियो । त्यसपछि अहिले पुनः निःशुल्क प्रसुती सेवा सुरु गरिएको नोबेल अस्पतालको स्त्री तथा प्रसुती बिभागका प्रमुख डा.गेहनाथ बरालले जानकारी दिए ।

‘नोबेलमा आमा सुरक्षा कार्यक्रम रोकिएको थियो, अहिले पुनः सुरु भएको छ,’ डा.बरालले भने, ‘नोबेलमा निःशुल्क प्रसुती सेवासँगै प्रसुती गराउनेलाई प्रोत्साहन स्वरुप यातायात खर्च पनि दिइन्छ ।’

       प्रसुतीका क्रममा गरिने परीक्षण, बेड चार्ज, अप्रेशन चार्ज लगायत सेवा निःशुल्क छ । त्यस्तै, प्रसुती गराउन आउनेहरुलाई निःशुल्क सेवासँगै प्रोत्साहन स्वरुप यातायात खर्च वापत १ हजार रुपैयाँसमेत दिने गरिएको छ ।

घरमै सुत्केरी गराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्नसक्ने भएकाले सरकारले अस्पतालमा प्रसुती गराउन प्रोत्साहन गर्दै आएको छ । सोही कारण सरकारले प्रसुती निःशुल्क गरेर यातायात खर्च पनि उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

       नोबेलको स्त्री तथा प्रसुती बिभागमा डा.बराल, डा. शान्ति सुवेदी, डा.सिता पोख्रेल लगायत बिशेषज्ञ डाक्टरहरुको टिम कार्यरत छ । उनीहरुले नै प्रसुती गराउँने गरेका छन् । बिशेषज्ञ डाक्टरबाट भरपर्दो सेवा पाइने हुनाले नोबेलमा प्रसुती गराउनेहरुको आकर्षण बढ्दै गएको छ ।