२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारी नपाद्वारा ५० स्थानमा फ्रि वाईफाई जडान, विद्यार्थीलाई दिइयो सियुजी सिम

Author Uttari Morang
बुधबार, साउन ०६, २०७८
बेलबारी नपाद्वारा ५० स्थानमा फ्रि वाईफाई जडान, विद्यार्थीलाई दिइयो सियुजी सिम

मोरङको बेलबारी नगरपालिकाले ५० स्थानमा फ्रि वाईफाई जडान गरेको छ ।

बैकल्पिक बिधिबाट पठन पाठन गर्न लागि सहज होस भन्ने उदेश्यका साथ एउटा वडामा ४ ठाँउमा जडान गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

फ्रि वाईफाई जडान भएपछि इन्टरनेट पहुँच भन्दा बाहिर रहेको बिद्यार्थीहरुको पठन पाठनमा सहज हुने नगरपालिकाले विश्वास लिएको छ ।

नगरपालिकाका ५ वटा बिद्यालयलाइ भर्चुअल कक्षाको हब बनाएर पठन पाठन गरीने नगरपालिका शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाले बताए ।

५ वटा बिद्यालयमा सबै बिद्यालयका शिक्षक शिक्षिका भेला भएर अनलाइनको माध्यमबाट सिकाइने कोइरालाको भनाइ छ । पहुँच नपुगेका बिद्यार्थीहरुका लागि सियुजि सिम उपलब्ध गराईएको नगर प्रमुख सुवेदीले बताए । सुवेदीका अनुसार सो सिमकार्ड मार्फत एक जना शिक्षकले ६ जना बिद्यार्थीलाई एकै पटक पढाउन मिल्ने छ ।

सिमको प्रयोग वाट सामान्य खालका मोवाईल बाट समेत पठन पाठन गर्न मिल्ने नगरपालिकाको कार्यालयले जनाएको छ ।