२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

ब्यबशायीहरुलाइ कोरोना विरुद्धको खोप दिन धनकुटा उद्योग बाणिज्य संघको माग

Author Uttari Morang
आइतबार, साउन १७, २०७८
ब्यबशायीहरुलाइ कोरोना विरुद्धको खोप दिन धनकुटा उद्योग बाणिज्य संघको माग

धनकुटाका सम्पूर्ण व्यावसायीहरुलाई कोरोना विरुद्धको खोप लगाउन धनकुटा उद्योग बाणिज्य संघले सरकारसँग माग गरेको छ ।

    धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले एक विज्ञप्ती जारी गर्दै तेस्रो लहरको कोरोना तिव्र रुपमा फैलदै गएको र त्यसको मार प्रत्यक्ष रुपमा व्यावसायीहरु  परेरहेकाले व्यावसायीहरुलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सकारसंग जोडदार माग गरेका छन् ।

    विज्ञप्ति मार्फत ज्यान जोखिममा राख्दै  सेवा प्रवाह गरीररहेका व्यापारी तथा व्यवासायीहरुलाई  महत्व दिदै अभिलम्ब कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न नेपाल सरकार समक्ष  माग  गरिएको छ ।

   होटल व्यवसयाी तथा अन्य सवै प्रकारका व्यवासायीहरुले अग्रभागममा रहेर दैनिक सेवा दिदै आईरहेकोमा अहिले दिन प्रतिदिन तिव्र रुपमा कोरोना भाईरस फैलदै गएकाले यसको ठूलो जोखिम व्यावासीहरु परिरहेकाले सवै व्यावसायीहरुलाई सुरक्षित बनाउन कोरोना विरुद्धको खोप लगाउने व्यवस्था नगरिए भयावह स्थिति हुन सक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोरोनाबाट आफुपनि बच्न र अरुलाई पनि बचाउन समाजिक दुरी कायम गरी अनिवा माक्स र सेनिटाईजर प्रयोग गर्न समेत सवैमा संघले अपिल गरेको छ ।

    धनकुटा जिल्लामा अहिलेसम्म २ सय ६७ जना उद्योगी, व्यासायी तथा व्यापारीहरु कोरोना संक्रमित भइसेको र  अहिले पनि १७ जना व्यवसायीहरु कोरोना संक्रमित भई उपचार गराईरहेको एवम्  र ११ जना व्यावसायीहरुको कोरोना संक्रमणका कारण  निधन भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए  ।