२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारी नगरपालिका क्षेत्रमा फेरि हुनेभो लकडाउन

Author Uttari Morang
सोमबार, साउन १८, २०७८
बेलबारी नगरपालिका क्षेत्रमा फेरि हुनेभो लकडाउन

कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि बेलबारी नगरपालिकामा १९ गते देखी २५ गते सम्म लकडाउन गरीने भएको छ ।

कोरोना रोग रोकथाम तथा नियन्त्रण समितिको बैठले एक हप्ता सम्म लकडाउन गर्ने निर्णय गरेको हो । १९ गते राति १२ बजे देखी २५ गते राति १२ बजे सम्म लकडाउन गर्ने समितिले निर्णय गरेको छ ।

लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्याआवश्यक सेवा बाहेकका सम्पुर्ण उद्योग पसल करकारखाना, निजि तथा सरकारी कार्यालयहरु,  बैक तथा बितिय सस्थाहरु बन्द गर्ने निर्णय भएको  छ ।

बेलबारी नगरपालिकाका नगर प्रमुख तथा कोरोना रोग रोगथाम नियन्त्रण समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको बैठकबाट भएको निर्णय बमोजिम अत्याआवश्यक काम बाहेक अन्य काममा घर भन्दा बाहिर ननिस्कन र लकडाउनको पुर्ण पालना गर्न नगरपालिकाले आग्रह गरेको छ । मोरङका केहि स्थानियतहले कोरोना सक्रमितको सख्या बढेपछि लकडाउन गर्न थालेका छन ।