२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
प्रमुख

धनकुटाको चुङमाङमा स्वास्थ्य संस्था बनाउने र एम्बुलेन्स दिने डा. शुनिल शर्माको घोषणा

Author Uttari Morang
बुधबार, भाद्र ०९, २०७८
धनकुटाको चुङमाङमा स्वास्थ्य संस्था बनाउने र एम्बुलेन्स दिने डा. शुनिल शर्माको घोषणा

नोवेल शिक्षण अस्पताल विराटनगरका प्रमुख संचालक डा. सुनिल शर्माले आफ्नो पुख्यौली गाउँ धनकुटाको चुङ्गवाङ्गका लागि एउटा एम्बुलेन्स दिने र चुङवाङ्गमा स्वास्थ्य संस्थाको स्थापना गरिदिने भएका छन् ।

नोवेल शिक्षण अस्पताल विराटनगरका प्रमुख संचालक तथा कांग्रेस नेता डा.सुनिल शर्मासंग धनकुटाको एक टोलीले काठमाण्डौमा भेटघाट गरी धनकुटामा प्रभावकारी रुपमा स्वास्थ्य सेवा संचालन गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापति भीम थापा, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य निलम थापा लगायतको टोलीले नोवेल शिक्षण अस्पताल विराटनगरका संचालक डा. सुनिल शर्मासंग भेटघाट गरी धनकुटाको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आग्रह गर्नु भएको हो ।

धनकुटाको पाख्रिवास नगरपालिकाको चुङवाङ्ग पुख्यौली घर भएका नोवेल शिक्षण अस्पताल विराटनगरका प्रमुख संचालक डा. सुनिल शर्माले आफ्नो पुख्यौली गाउँ चुङ्गवाङ्गका लागि एम्बुलेन्स दिने ।

उक्त कार्य गर्नका लागी नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले समन्वय गरी प्रक्रिया अगाडी बढाउने कार्य गर्नु हुनु भएको छ ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटा जिल्लाका सचिव विजय सन्तोषी राईले धनकुटा जिल्लाको चुङवाङ्ग लगायत धनकुटा जिल्लाभरीका जनतालाई विशेष छुटमा स्वास्थ्य सेवा प्रदान गर्न नोवेल शिक्षण अस्पताल विराटनगरका प्रमुख संचालक डा. सुनिल शर्मालाई आग्रह गरेका छन् ।

नोवेल शिक्षण अस्पताल विराटनगरका प्रमुख संचालक डा. सुनिल शर्माले आफनो पुख्यौली गाउ चुङवाङ्ग लगायत धनकुटा जिल्लाका विभिन्न स्थानहरुमा विशेषज्ञ स्वास्थ्य शिविरहरु संचालन गरी धनकुटाका जनातालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।