२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

एमाले धनकुटाले भ्रम सिर्जना गरेको भन्दै कांग्रेस धनकुटाको आपत्ति, प्रतिवाद गर्ने चेतावनी  

Author Uttari Morang
बुधबार, भाद्र ०९, २०७८
एमाले धनकुटाले भ्रम सिर्जना गरेको भन्दै कांग्रेस धनकुटाको आपत्ति, प्रतिवाद गर्ने चेतावनी  

नेपाली कांग्रेस धनकुटा र पार्टीका सहमहामन्त्री सुनिल वहादुर थापाको नाम जोडेर नेकपा एमाले धनकुटाबाट भ्रम सिर्जना गरिएको भन्दै नेपाली कांग्रेस धनकुटाले कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले प्रेस विज्ञप्ती जारी गर्दै नेपाली काग्रेस धनकुटा र पार्टीका सह-महामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापालाई समेत जोडेर झुटो आरोप लगाउदै एमाले धनकुटाले गरेको भ्रमपूर्ण कार्यको कडा प्रतिवाद गर्ने उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस धनकुटा र कांग्रेस नेता थापाले सूर्य वहादुर थापा फाउण्डेशसन मार्फत स्वास्थ्य तथा सुरक्षा समग्रीहरु संकलन गरी धनकुटामा सवै वडाहरुमा वितरण गर्नका लागी धनकुटाको प्यासिफिक होटलमा राखेकोमा नेकपा एमाले धनकुटाले वास्तविक कुरा उल्लेख नगरी स्वास्थ्य तथा जन सख्या मन्त्रलायबाट सामग्री ल्याएर सूर्य वहादुर फाउण्डेशन र धनकुटा कांग्रेसको नामबाट बाड्न लागेको भनी झुठो आरोप लगाउदै विज्ञप्ती प्रकाशित गरी कपोल कल्पित ढंगले प्रचार गरी भ्रम सिर्जना गरीरहेकोले यस कार्यको तिव्र विरोध र निन्दा गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसका सहमहान्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले आफ्नै पहल तथा आफ्नै सहयोगी साथीहरु र सहयोगी संस्थाहरुबाट स्वास्थ्य तथा सुरक्षित समग्रीहरु लिएर सूर्य वहादुर फाउण्डेशन मार्फत विभिन्न संघ संस्थाहरु र वडा कार्य समितिहरु मार्फत धनकुटाका सवै वडाहरुमा वितरण गर्न लागिएको समेत विज्ञप्तीमा मार्फत जानकारी गराइएको छ ।

विज्ञप्तिमा गलत ढंगले तथ्यहिन झुठा आरोप लगाउदै जनतामा कांग्रेस र पार्टीका सहमहामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापाको वारेमा गलत प्रचार गरी भ्रम सिर्जना गर्न खोजिएकोको घट्नाको विरोध र निन्दा गर्दै अव आईन्दा यस प्रकारको कार्य नर्गन आग्रह गर्दै पुन यस प्रकारको घट्ना दोह¥याए कडा ढंगले प्रतिवाद गर्ने कांग्रेस धनकुटाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।