१३ बुँदे भेडेटार घोषणापत्र जारी गर्दै सकियो प्रदेश १ भरीका कांग्रेस जिल्ला सचिवहरुको भेला
Uttari Morang
१३ बुँदे भेडेटार घोषणापत्र जारी गर्दै सकियो प्रदेश १ भरीका कांग्रेस जिल्ला सचिवहरुको भेला
प्रदेश १ का कांग्रेस जिल्ला सचिवहरुको प्रदेश स्तरीय भेलाले आगामी महाधिवेशनमा वडा तहदेखि केन्द्रीय तहसम्म सर्वसम्वत नेतृत्व चयन गरी एकताको सन्देश दिन माग गर्दै १३ बुदे भेडेटार घोषणा पत्र जारी गरेको छ ।
नेपाली कांग्रेस मोरङका जिल्ला सचिव नागेस कोईरालाको संयोजकत्वमा धनकुटाको भेडेटारमा सम्पन्न भएको भेलाले सो घोषणापत्र जारी गरेको हो ।
भेलामा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव बिजय सन्तोषी राई, तेह्थुमका जिल्ला सचिव सन्तोष सुब्बा,संखुवासभाका जिल्ला सचिव डम्वर वस्नेत, भोजपुरका जिल्ला सचिव कैशाल कुमार आले मगर, झापाका जिल्ला सचिव प्रेम सम्वाहाम्फे, सुनसरीका जिल्ला सचिव सुजेन्द्र तामांङ्ग, संखुवासभाका जिल्ला सचिव निर्मला तामाङ्ग र सुनसरीका जिल्ला सहसचिव नगेशचन्द्र राई लगायत उपस्थित थिए ।
भेलामा नेपाली कांग्रेसका यूवा नेता नेविसं संघका पूर्व केन्द्रिय महामन्त्री उमेशजंग रायमाझी, नेपाली कांग्रेस धनकुटाका प्रदेश सभा १ का क्षेत्रिय सभापती जितेन्द्र राई, नेपाल तरुण दल धनकुटाका रुपेश श्रेष्ठ समेतको उपस्थिति थियो ।
दुई दिन सम्म संचालन भई समापन भएको भेलावाट कार्यक्रममा जारी गरिएको भडेटार घोषणा पकांग्रेसका १ नम्वर प्रदेशका कांग्रेसका जिल्ला सचिवहरुले १३ बुदे भेडेटार घोषणापत्र धनकुटाको भेडेटारमा जारी गरे
धनकुटा १४ भाद्र, धनकुटाको भेडेटारमा भएको १ नम्वर प्रदेशका नेपाली कांग्रेसका जिल्ला सचिवहरुको प्रदेश स्तरीय भेला आगामी महाधिवेशनमा वडा तह देखी केन्द्रीय तह सम्म सर्वसम्वत नेतृत्व चयन गरी एकताको सन्देश दिन नेतृत्व तहसंग माग गर्दै १३ बुदे भेडेटार घोषणा पत्र जारी गर्दै आज सम्पन्न भयो ।
नेपाली कांग्रेस मोरंगका जिल्ला सचिव नागेस कोईरालाको संयोजकत्वमा सम्पन्न भएको १ नम्वर प्रदेशका नेपाली कांग्रेसका जिल्ला सचिवहरुको भेलामा सहभागी सचिवहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले स्वागत गर्नु भएको थियो ।
नेपाली कांग्रेसका जिल्ला सचिवहरुको १ नम्वर स्तरीय भेलाको औचित्यमाथि नेपाली कांग्रेस तेह्थुमका जिल्ला सचिव सन्तोष सुब्बा,संखुवासभाका जिल्ला सचिव डम्वर वस्नेत,भोजपुरका जिल्ला सचिव कैशाल कुमार आले मगरले प्रकाश पार्दै यस भेलाले जिल्ला सचिवहरुको अनुभव आदन प्रदान भएको र सहकार्य तथा सहयोगको प्रारम्भ भएको वताउनु भयो ।
यसैगरी नेपाली कांग्रेस झापाका जिल्ला सचिव प्रमे सम्वाहाम्फे,सुनसरीका जिल्ला सचिव सुजेन्द्र तामांङ्ग,संखुवासभाका जिल्ला सचिव निर्मला तामाङ्ग र सुनसरीका जिल्ला सहसचिव नगेशचन्द्र राई लगायतले जिल्ला सचिवहरुको प्रदेश नम्वर १ को भेलाले नेपाली कांग्रेसकोसंगठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका निभाउने वताउनु भयो । भेलामा नेपाली कांग्रेसका यूवा नेता नेविसं संघका पूर्व केन्द्रिय महामन्त्री उमेशजंग रायमाझी,नेपाली कांग्रेस धनकुटाका प्रदेश सभा १ का क्षेत्रिय सभापती जितेन्द्र राई,नेपाल तरुण दल धनकुटाका रुपेश श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस १ नम्वर प्रदेशका जिल्ला सचिवहरुको दुई दिन सम्म संचालन भएको भेलाबाट जारी भडेटार घोषणा पत्रमा नेपाली कांग्रेसको विधान र मुलुकको संविधानको प्रावधानलाई मध्यनजर गर्र्दै पार्टीलाई संवैधानिक र वैधानिक रुपले बचाउन र नयाँ नेतृत्व चयन गर्र्दै पार्टीलाई नविन उर्जा प्रदान गर्न क्रियाशील सदस्यमा भएको विवादहरुलाई पार्टीको तल्लो तहवाट सिफारिस भईआएको आधारलाई मानी विवाद समाधान गरी आसन्न १४औं महाधिवेशन निर्धारित मिति मै सम्पन्न गर्न भेलाले जोडदार माग गरेको उल्लेख गरिएको छ ।
पहाडी जिल्लाहरुमा राज्यको सुगम पहुँच र विकास गर्न भौगालिक आधारलाई मध्यनजर गरी १ मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरुमा प्रतिनिधि सभा क्षेत्रको संख्या थप गरी वैज्ञानिक र व्यवहारिक बनाउन यो भेलाबाट माग गरिएको घोषणा पत्रमा उल्लेख गरिएको छ ।
घोषणापत्रमा सिंगो मुलुक कोभिड १९ (कोरोना)वाट ग्रसित भएको र सबै नेपाली जनताले खोप समेत नपाईरहेको अवस्था रहेकोले जनताको स्वास्थ्यप्रति संवेदनशीन र जिम्मेवार भई सबैले तत्काल प्रत्येक नागरिकले खोप पाउने व्यवस्था गर्न, कांग्रेस नेतृत्वमा निर्मित दलिय गठबन्धनले संघीय सरकारको नेतृत्व गर्दै गर्दाको अवस्थामा प्रदेश नं. १ को सरकार पनि नेपाली कांग्रेसकै नेतृत्वमा बनाउन, महाधिवेशनमा वडा तहदेखी केन्द्रसम्म सर्वसम्मत ढंगले नेतृत्व चयन गर्र्दै १४ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन, प्रदेश १ का विभिन्न पर्यटकीय क्षेत्रहरुको पूर्वाधार विकास, विस्तार र प्रवद्र्धन गर्न, आगमी १५ औं महाधिवेशन देखि लागु हुने गरी ६५ वर्षे उमेर हद कायम गर्न, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार, विस्तार र अत्याधुनिक सुविधा सम्पन्न बनाउनका साथै सर्वसाधरणले सर्वसुलभ स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न माग गरिएको छ ।
घोषणापत्रमा नेपाली कांग्रेसको विधान र मुलुकको संविधानको प्रावधानलाई मध्यनजर गर्र्दै पार्टीलाई संवैधानिक र वैधानिक रुपले बचाउन र नयाँ नेतृत्व चयन गर्र्दै पार्टीलाई नविन उर्जा प्रदान गर्न क्रियाशील सदस्यमा भएको विवादहरुलाई पार्टीको तल्लो तहवाट सिफारिस भईआएको आधारलाई मानी विवाद समाधान गरी आसन्न १४औं महाधिवेशन निर्धारित मिति मै सम्पन्न गर्न माग गरिएको छ ।
त्यस्तै १३ औं महाधिवेशनको विधान बमोजिमको ४ वर्षे कार्यकाल समाप्त भई डेढ वर्ष व्यतित् हुंदासमेत १ पटक पनि जिल्ला सचिवहरुको भेला आयोजना नगरेकोमा पार्टी नेतृत्वप्रति गुनासो गर्र्दै अब उप्रान्त जिल्ला सचिवहरुको नियमित राष्ट्रिय र प्रादेशिक भेलाहरुको आयोजना गर्न नेपाली कांग्रेस केन्द्रिय कार्यालय समक्ष भेलाले माग गरेको कांग्रेस संखुवासभ जिल्लाका जिल्ला सचिव डम्वर बस्नेतले वताए ।
स्वःत अधिवेशन प्रतिनिधि हुने व्यवस्थालाई अन्त्य गरी केन्द्रीय सदस्य समेतलाई वडा देखि नै प्रतिनिधि पार्टी भित्र निर्वाचित हुदै आउनु पर्ने व्यवस्था गर्न समेत माग गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।
धनकुटाको भेडेटारमा सम्पन्न नेपाली कांग्रेसको प्रदेश नम्वर १ का जिल्ला सचिवहरुको भेला अत्यन्तै सान्र्दभिक र महत्वपूर्ण भएको सवैमा नयाँ उत्साह र जागर पैदा भएको नेपाली कांग्रेस मोरङ सचिव तथा भेला व्यवस्थापक नागेश कोईरालाले वताए ।




