२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

जिल्ला कमिटीलाई २०७५ जेष्ठ २ को अबस्थामा फर्काउन नसकिने सुनसरी एमालेको निस्कर्ष

Author Uttari Morang
आइतबार, भाद्र २०, २०७८
जिल्ला कमिटीलाई २०७५ जेष्ठ २ को अबस्थामा फर्काउन नसकिने सुनसरी एमालेको निस्कर्ष

नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीको सचिवालय बैठकले पार्टीको जिल्ला कमिटीलाई २०७५ जेष्ठ २ गतेको पूर्व अबस्थामा पुनर्जीवित गर्न नसकिने ठहर गरेको छ ।

कमिटीका अध्यक्ष रेबती रमण भण्डारीको अध्यक्षता र पार्टी केन्द्रिय कमिटी सदस्य एवं जिल्ला सह–ईन्चार्ज तैयब हुसैनको प्रमुख आतिथ्यमा भाद्र १९ गते बसेको बैठकले सो ठहर गरेको हो । बैठकले पार्टी बिरोधी गतिबिधि, गुटबन्दी र बिभाजनकारी क्रियाकलापको अन्त्य गरी पार्टीलाई एकताबद्घ ढंगले अगी बढाउने प्रयत्न स्वरुप गठित कार्यदलले प्रस्तुत गरेका सुझाव र नेकपा (एमाले) स्थायी कमिटीको भाद्र ८ तथा केन्द्रिय कमिटीको भाद्र १० गते बसेको बैठकले निर्णय गरे बमोजिमको अन्तर पार्टी निर्देशन १२ र सुनसरी जिल्लामा यसको रचनात्मक कार्यान्वयन गरिने निर्णय भएको प्रचार बिभाग प्रमुख रवि खनालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

बैठकले २०७५ जेष्ठ २ को अबस्थामा पार्टीलाई फर्काउने सम्बन्धमा नेतृत्व ब्यवस्थापन गर्दा तल्लो तहसम्म नै संकटका बेला पार्टी काममा लागेर पार्टी जोगाएका र अहिले पनि बिपक्षी गठबन्धनसंग मिलेर आन्दोलन गर्ने भनिएकाहरुको बिचमा जिल्लाको बस्तुस्थितीका सम्बन्धमा ब्यापक छलफल पश्चात उचित निष्कर्ष निकाल्नु पर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी केन्द्रिय कमिटीको २०७८ भाद्र १० गते बसेको बैठकको निर्णयको मर्म र भावना बमोजिम २०७५ जेष्ठ २ गतेको पूर्व अबस्थामा कमिटीहरु सञ्चालन गर्ने निर्णय सम्बन्धमा हिंजोसम्म पार्टीको बिपक्षमा रहेका ब्यक्तिहरुलाई जस्ताको त्यस्तै स्थापित गर्दा पार्टीको हितमा नहुने,पार्टीले गतिशिलता प्राप्त गर्न नसक्ने हुँदा पार्टी केन्द्रिय कमिटीको निर्णयलाई सुनसरी जिल्लाको बस्तुगत अबस्था र बर्तमान यथार्थलाई सम्बोधन गर्ने गरी रचनात्मक ढंगले कार्यान्वयन गरिनुपर्ने निर्णय गरेको छ । निरपेक्ष रुपमा जेष्ठ २ को अवस्थाबाट मात्रै कमिटी सञ्चालन गर्ने बिषय जिल्लामा पार्टी हितमा नहुने सुनसरी एमालेले ठहर गरेको छ ।
बैठकमा पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरु खेमराज पोखरेल, सर्बध्वज सावाँ, मुरारी सुबेदी, बिजय राईलगायतको आतिथ्यता थियो ।