२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

धनकुटाको टंक माविमा १३ सदस्यीय पुर्व बिद्यार्थी समाज गठन

Author Uttari Morang
बिहिबार, आश्विन २१, २०७८
धनकुटाको टंक माविमा १३ सदस्यीय पुर्व बिद्यार्थी समाज गठन

धनकुटा नगरपालिका २ भीरगाउँमा रहेको श्रीमान टंक माध्यमिक बिद्यालयमा पूर्व विद्यार्थी समाज गठन भएको छ।

२०११ सालमा स्थापीत टंक माविका पूर्व विद्यार्थीहरुको भर्चुअल मार्फत भएको भेलाले १३ सदस्यीय पूर्व विद्यार्थी समाज गठन गरेको हो।

टंक माविको शैक्षिक उन्नयन गर्दै रचनात्मक क्रियाकलाप गर्ने उद्येश्यले राजेन्द्र गुरागाईको संयोजकत्वमा १३ सदस्यिय समिति गठन गरेको हो। समितिको सदस्यहरुमा सुनिल दाहाल, खड्ग निरौला, खगेन्द्र लामिछाने, लक्ष्मण दाहाल, उदय बराल, सिमा बस्नेत, रत्न राना, सिर्जना लामिछाने, कृति खड्का, ईश्वर थापा र कमला तामाङ रहेका छन। समितिको सदस्य सचिबमाा विद्यालयका प्रधानाध्यापक नरबहादुर विश्वकर्मा रहेका छन। अहिलेलाई तदर्थ समिति मात्रै बनेको र त्यसको पदाधिकारी भौतिक रुपमै उपस्थिति भएर चयन गर्ने तयारी गरिएको प्रधानाध्यापक विश्वकर्माले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल तामाङको अध्यक्षतामा आयोजित भर्चुअल भेलामा धनकुटा नगरपालिकाकी उपप्रमुख शकुन्तला बस्नेत, शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका प्रमुख रमेश बहादुर दाहाल, धनकुटा बहुमुखि क्याम्पसका उपप्राध्यापक यज्ञ गुरागाई, प्रहरी नायब उपरिक्षक सुनिल दाहाल, फ्युजन एग्रिकल्चर एण्ड फरेष्टि विश्वविद्यालय चीनका डाक्टर कुलराज राई, धनकुटा नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्वकर्माले विद्यालयको अवस्थाको बारेमा जानकारी गराएको थिए भने कार्यक्रमको सञ्चालन शिक्षक सरोज दाहालले गरेका थिए।