२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

माओवादी केन्द्र केरावारीको अधिवेशन सम्पन्न, तिलकको नेतृत्वमा ५५ सदस्यीय कमिटी गठन

Author Uttari Morang
सोमबार, मंसिर १३, २०७८
माओवादी केन्द्र केरावारीको अधिवेशन सम्पन्न, तिलकको नेतृत्वमा ५५ सदस्यीय कमिटी गठन

माओवादी केन्द्र केरावारी गाउँपालिकाको पहिलो अधिवेशनले तिलक थापा मगरको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ ।

नव गठित कमिटीमा उपेन्द्र लुंगेली मगर,खड्ग लुइटेल र भक्तशेर लिम्बू गरी तीन उपाध्यक्ष चयन भएका छन् । त्यसैगरी सचिवमा किशोर राई,सहसचिवमा पवित्रा अधिकारी र कोषाध्यक्षमा सन्तोष राई चयन भएका छन् ।

नब गठित समितिका सदस्यहरुमा सन्तोष विक, नरेन्द्र वस्नेत, ज्ञानवहादुर थेवे, शिवरानी लिम्बू , पुर्ण गुरुङ (आकास), इश्वर तामाङ (रोसन), पदमसिंह लिम्बू, सञ्ची राई, प्रकास लिम्बू (असोक), गोविन्द ठकुरी, मिनाकुमारी लिम्बू, दीपा ठकुरी, चित्रवहादुर लिम्बू, कालुराम तामाङ, कविता रोक्का, अमृत वहादुर मगर, महेन्द्र मगर, विष्णु सुहाङ र हस्तमाया राई रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा मोहन प्रसाद बराल, रुद्रप्रसाद सापकोटा, प्रेमवहादुर कार्की, ललितवहादुर तामाङ, पदम कुमार कार्की, गोविन्द वस्नेत,बदिल वहादुर कार्की यशोदा भण्डारी,मनवहादुर बराइली, युपल रुचाल , किशन शाही, छविलाल परियार, खगेन्द्र लिम्बु, पुष्कल चेम्जोङ र गंगा ठकुरी अनिता विक,बसुवास राई, मनमाया सूवेदी बजगाई, दुर्गाकुमारी कार्की, भवनाथ आचार्य, विष्णु खड्का, तारामान परियार चयन भएका छन् ।

अधिवेसनले खगेन्द्र सुबेदी, राम बहादुर कार्की,तिलक थापा मगर र भक्तशेर लिम्बूलाई प्रदेश अधिवेसन प्रतिनिधिमा चयन गरेको छ ।

नव गठित कमिटीका पदाधिकारीहरुलाई कार्यक्रमका विशेष अतिथी नेकपा माओवादी प्रदेश कमिटी सदस्य अरुण सुन्दासले पद तथा गोपनियताको सपथ  गराएका थिए । कार्यक्रमका प्रमुख अतिथी केन्द्रका अध्यक्ष प्रचण्डले भर्चुअलबाट संवोधन गरेका थिए ।

कार्यक्रममा सहिद परिवारका सदस्यहरु वीर बस्नेत, सीताराम भारती, सुनिता सुवेदी र हस्तमाया लिम्वू (ज्योती) लाई सम्मान गरिएको थियो ।