२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बिराटचोकमा हुँदैछ माओवादी केन्द्रको पहिलो प्रदेश अधिवेशन, तयारी अन्तिम चरणमा

Author Uttari Morang
बिहिबार, मंसिर २३, २०७८
बिराटचोकमा हुँदैछ माओवादी केन्द्रको पहिलो प्रदेश अधिवेशन, तयारी अन्तिम चरणमा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को मंसिर २५ र २६ गते मोरङ विराटचौकमा हुने प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराटचौकस्थित जेसिस भवनमा हुने प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो । पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिका सचिव हेमराज भण्डारीले जानकारी दिए ।

प्रदेश सम्मेलनका लागि राजेन्द्र किराँतीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । प्रदेश अधिवेशनमा ११ सय प्रतिनिधी सहभागी हुने बताइएको छ ।

मंसिर २५ गते अधिवेशनको उद्घाटन हुनेछ । उद्घाटनपछि सोही दिन शुरु हुने बन्दशत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदनबारे छलफल र बहस गरी प्रतिवेदनहरू पारित हुनेछन् । मंसिर २६ गते सकेसम्म सहमतिमै प्रदेश समिति टुंगो लगाउने माओवादीको योजना छ । प्रदेश अध्यक्षको लागि सुरेशकुमार राई (हिमाल), प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारीले दाबेदारी गरेका छन् ।
अधिवेशनमा सहभागीहरुलाइ होटलतिर निषेध
प्रदेश अधिवेशनमा प्रतिनिधिहरुलाई कुनै होटलहरूमा नराखी शुभेच्छुक तथा नेता/कार्यकर्ताको घरमा राखिने भएको छ ।

अधिवेशनमा ठुलो रकम खर्च गरेर होटलमा राख्ने अवस्स्था नरहेकाले प्रदेश अधिवेशनमा धेरै खर्च नहुने नेकपा माओवादी केन्द्र प्रदेश १ का ईन्चार्ज राम कार्कीले बताए ।अधिवेशनमा एक छाक सामूहिक रूपमा खाना खाने, बिहान खाजा र दिउँसो बिस्कुट खाने कार्यक्रम रहेको अधिवेशनको पुर्वसन्ध्यामा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रदेश अधिवेशनबाट अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना गरी ९ पदाधिकारीसहित १ नम्बर प्रदेशमा २५९ सदस्यीय कमिटी बनाउने बिहीबार सम्पन्न  माओवादी केन्द्रको स्थायी कमिटीले निर्णय गरेको  छ । यसअघि बिधानमा ७ पदाधिकारीसहित १७५ जनाको कार्यसमिति चयन ब्यबस्था थियो । अधिवेशनले  राष्ट्रिय सम्मेलनका लागि सय जना प्रतिनिधि चयन गर्ने बताइएको छ ।