२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

एकैदिन दुई ठाउँमा केएमसीको स्वास्थ्य शिविर, २४ सय विरामीको जाँच तथा उपचार

Author Uttari Morang
सोमबार, मंसिर २७, २०७८
एकैदिन दुई ठाउँमा केएमसीको स्वास्थ्य शिविर, २४ सय विरामीको जाँच तथा उपचार

आइतवार काठमाडौंका दुई स्थानमा काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

स्थानीय संघ–सस्थाहरुसँग सहकार्य गरेर केएमसीले काठमाडौं महानगरपालिका–२९ बागबजार र कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित कभर्ड हलमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बाघबजारमा पध्मकन्या बहुमुखी क्याम्पससँग सहकार्य गरेर क्याम्पस परिषरमा शिविर सञ्चालन गरिएको हो भने कागेश्वरीमा कागेश्वरी नगरपालिका ७ नम्बर वडा कार्यालयसँग सहकार्य गरेर शिविर गरिएको हो ।

दुवै शिविरबाट एकैदिन २ हजार ४ सय ६७ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । बागबजारको शिविरमा १९० जनाको रक्त परीक्षण, १७१ जनाको भिडियो एक्सरे र १४५ जनाको इसीजीसहित १ हजार ७५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १५ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार सम्भव नभएका र अप्रेशन गराउँनुपर्ने अवस्थाका ३५ जनालाई अस्पताल रेफर गरिएको छ ।

त्यस्तै, कागेश्वरीमा १ हजार ३ सय ९२ विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २०१ जनाको रक्त परीक्षण, १४९ जनाको भिडियो एक्सरे र ९३ जनाको इसीजी गरिएको छ । शिविरमा २७ जनाको दाँत उखेलियो । ४१ जनालाई भने अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।