२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बेलबारी साहित्य बिकास समितिको चौथो साधारणसभामा तीनजना स्रष्टालाई सम्मान गरिने

Author Uttari Morang
शुक्रबार, पुष १६, २०७८
बेलबारी साहित्य बिकास समितिको चौथो साधारणसभामा तीनजना स्रष्टालाई सम्मान गरिने

बेलबारी साहित्य बिकास समितिको चौथो साधारणसभाको अबसरमा तीन जना स्रष्टालाई सम्मान गरिने भएको छ ।

यही पौष २४ गते हुने साधारणसभामा बेलबारी क्षेत्रका तीन जना सर्जकलाई पुरस्कार तथा सम्मान पत्रसहित सम्मानित गरिने बेलबारी साहित्य बिकास समिति बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यतामा हुने साधारणसभामा सम्मानित हुनेहरुमा साहित्यकर्मी इरन राई, कलाकर्मी मेखराज कार्की र प्राज्ञ तथा साहित्यकार गंगा सुवेदी छन् ।

बेलबारी साहित्य बिकास समितिकी अध्यक्ष तिला लेकालीका अनुसार साधारणसभाको अबसरमा बेलबारी साहित्य पुरस्कारबाट २५ हजार नगदसहित साहित्यकार इरन राई, १५ हजार नगदसहित बेलबारी कला पुरस्कारबाट मेखराज कार्की र बेलबारी घर भइ अन्यत्र रहेर साहित्य क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत प्राज्ञ तथा साहित्यकार गंगा सुवेदीलाई सम्मान पत्रद्वारा बिशेष सम्मान गरिनेछ ।

बेलबारी साहित्य बिकास समितिले यस अघिदेखि नै बेलबारी साहित्य पुरस्कार तथा बेलबारी कला पुरस्कारद्वारा साहित्य तथा कला क्षेत्रमा योगदान गर्ने ब्यक्तिहरुलाइ सम्मानित गर्दै आएको छ । यसअघि पहिलो बेलबारी साहित्य पुरस्कारबाट हर्कमान तामाङ र दोस्रो बेलबारी साहित्य पुरस्कारबाट रमेश लामा सम्मानित भैसकेका छन् । त्यसैगरी बेलबारी कला पुरस्कारबाट श्याम गौतम र शिव छान्छा सम्मानित भइसकेका अघ्यक्ष लेकालीले जानकारी दिइन् ।