२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

प्रेस चौतारी धनकुटाको अध्यक्षमा रबिन कट्टेल निर्वाचित

Author Uttari Morang
शुक्रबार, पुष ३०, २०७८
प्रेस चौतारी धनकुटाको अध्यक्षमा रबिन कट्टेल निर्वाचित

प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रबिन कटेल निर्वाचित भएका छन् । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कट्टेल सर्वसम्मत निर्वाचित भएका हुन् ।

बिगत १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल कटेल संगालोखबर अनलाइन मिडियाका सञ्चालक पनि हुन् । पत्रकार महासंघ धनकुटाका कोषाध्यक्षसमेत रहेका कट्टेल सगरमाथा टेलिभिजन, राजधानी दैनिक र उद्घोष दैनिकसँग पनि आवद्ध छन् ।

समितिको खुल्लातर्फको उपाध्यक्षमा विश्वराज श्रेष्ठ र समावेशीतर्फको उपाध्यक्षमा मनिषा पोख्रेल चयन भएका छन् । सचिवमा भीम मल्ल छानिएका छन् । सहसचिवमा खुल्लातर्फ डम्बरु दाहाल र समावेशीतर्फ माया राउत तथा कोषाध्यक्षमा रविन्द्र रणपहेली चयन भएका छन् ।

समितिको सदस्यहरुमा विनु चेम्जोङ, सन्तोष सुवेदी, विश्वजित देउजा, गोमा ढुंगाना, प्रेमा सुब्बा, अनिता राई, कल्पना तामाङ्ग, कृष्णा राई, सष्टिका राई, रुपा वनेम, अनिसा रुचाल र प्रज्वल कटेल निर्वाचित भएका छन् । अधिवेशनले भरत थोक्लेनलाई सल्लाहकार चयन गरेको छ । थप सल्लाहकारहरु जिल्ला कार्य समितिको बैठकले मनोनित गर्ने नव निर्वाचित अध्यक्ष कट्टेलले जानकारी दिए ।