२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

महालक्ष्मीको आठौं नगरसभा सम्पन्न, पाँच बर्षे कार्यकाल सफल भएको दाबी

Author Uttari Morang
शनिबार, माघ २९, २०७८
महालक्ष्मीको आठौं नगरसभा सम्पन्न, पाँच बर्षे कार्यकाल सफल भएको दाबी

धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ ।

नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा नगरपालिकाकै सभाहलमा सभा सम्पन्न भएको हो । नगर सभाले तीन वटा ऐन तथा प्रस्ताव पास गरेको छ ।
नगरसभामा जनप्रतिनिधिहरुको साँढे ४ बर्षे कार्यकालको समिक्षा पनि गरिएको छ । सो अवसरमा वोल्ने वक्ताहरुले कार्यकाल उपलब्धिमूलक भएको धारणा राखेका छन् ।
कतिपय अवस्थामा बजेट अभावले सोचे अनरुप काम गर्न नसकिएको जनप्रतिनिधिहरुले बताए । तरपनि सिमित स्रोत साधन र बजेटमा उपलब्धिमूलक काम भएको उनीहरुको भनाई छ ।

नगर सभामा सभाध्यक्ष एवं नगर प्रमुख नेपाल र उपप्रमुख मञ्जु अधिकारीले हालसम्म नगरले गरेका मुख्यमुख्य कामहरुको बारेमा जानकारी गराएका छन् । सभामा उप–प्रमुख अधिकारीले मन्तब्यमार्फत नगरसभाका सदस्यहरुलाई स्वागत गरेकी थिइन् ।

२०७ असार १४ गते भएको निर्वाचनबाट महालक्ष्मीमा जनप्रतिनिधिहरु निर्वाचित भएका थिए । सरकारले आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणा गरेकाले वर्तमान जनप्रतिनिधिहरुको यो अन्तिम नगर सभा हो ।