२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

एक महिनापछि बल्ल प्रहरीको फन्दामा परे बाबुराम भट्टराईको हत्या गर्ने ब्यक्ति

Author Uttari Morang
सोमबार, फाल्गुण ०९, २०७८
एक महिनापछि बल्ल प्रहरीको फन्दामा परे बाबुराम भट्टराईको हत्या गर्ने ब्यक्ति

मोरङ केराबारी गाउँपालिका–८ स्थित हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ वर्षीय बाबुराम भट्टराईको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
घटनामा संलग्न केराबारी गाउँपालिका–३ का ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो । शव फेला परे लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।
पुस २७ गते देखि बेपत्ता भएका भट्टराइको माघ ९ गते शब फेला परेको थियो । मंसिर २८ गते आपसी वादविवादको रिसमा लिम्बुले फलामको रड प्रयोग गरी भट्टराईको हत्या गरेको प्रहरीले बताएको छ । हत्याको घटनालाई ढाकछोप गर्न लिम्बूले भट्टराईको शब खाल्डो खनेर गाडेको पत्ता लागेपछि लिम्बुलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।