२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बेलकोटगढीमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर, हजारभन्दा बढीको जाँच तथा उपचार

Author Uttari Morang
बुधबार, फाल्गुण ११, २०७८
बेलकोटगढीमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर, हजारभन्दा बढीको जाँच तथा उपचार

नुवाकोटमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

काठमाडौं मेडिकल कलेज र हाम्रो मदानपुर युवा क्लव बेलकोटगढी नगरपालिका–१२ को सहकार्यमा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

भृकुटी माध्यमिक विद्यालय बेलकोटगढीमा भएको शिविरमा १ हजार १ सय ३ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा २ सय २१ जनाको रक्त परीक्षण, १ सय ९८ जनाको भिडियो एक्सरे, १ सय ७७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै ३१ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले सोमबार रसुवामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ९ सय ६३ जना बिरामीको उपचार गरेको थियो ।