२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

केराबारीमा पनि खुल्यो भुमि आयोगको अफिस, पाँच हजारभन्दा बढीले लालपुर्जा पाउने

Author Uttari Morang
सोमबार, फाल्गुण २३, २०७८
केराबारीमा पनि खुल्यो भुमि आयोगको अफिस, पाँच हजारभन्दा बढीले लालपुर्जा पाउने

मोरङ केराबारीमा पनि राष्ट्रिय भुमि आयोगको सेवा कार्यालय स्थापना भएको छ।

भुमिहिनहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले भुमि आयोगको सेवा केन्द्र स्थापना गरिएको हो ।

यसै हप्ता राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौला लगायतले कार्यालयको उद्घाटन गरेका छन् ।

सेवा केन्द्रको उद्घाटन कार्यक्रममा आयोगका अध्यक्ष केशव निरौला, आयोगकै मोरङ अध्यक्ष सुशिला घिमिरे, भूमि आयोग नापी बिभागका प्रमुख मणि रेग्मी, केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की, उपाध्यक्ष शान्ति लिम्बू (भूजेल) केराबारीका सबै वडाका वडाध्यक्षहरु राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु उपस्थित थिए।

उनीहरूले स्थानीय तहको निर्वाचन अगाडी नै भूमिहिन एवं अब्यवस्थित बसोबासीहरुलाई लालपुर्जा उपलब्ध गराउनु पर्नेमा जोड दिएका छन् ।

केराबारीमा ५ हजार ४ सय भुमिहिन र अव्यवस्थित वसोवासीले फारम भरेको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीले जानकारी दिए ।