२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

सुन्दरहरैचामा दुई बर्षिया वालिकाको बलात्कारपछि हत्या, दुइजना पक्राउ

Author Uttari Morang
आइतबार, फाल्गुण २९, २०७८
सुन्दरहरैचामा दुई बर्षिया वालिकाको बलात्कारपछि हत्या, दुइजना पक्राउ

मोरङको सुन्दरहरैचा–७ मा २१ महिने बालिकाको बलात्कारपछि हत्या भएको छ ।

प्रहरीका अनुसार शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकैको झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उपचारको क्रममा आइतबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा उनको मृत्यु भयो ।

सुन्दरहरैचा–७ का वडा अध्यक्ष चैतन्यप्रसाद सिटौलाका अनुसार बालिकाको बलात्कार भएको आशङ्का गरिएको छ । यौनाङ्गमा रक्ताम्य भएकी बालिकालाई भेटेपछि आफन्तले गछिया स्थित एक मेडिकलमा लगेको र अवस्था हेर्दा बलात्कार भएजस्तो देखिएको सिटौलाले बताए ।

शुक्रबार बेलुका ४ बजेबाट हराएकी बालिका घर पछाडि रहेको झाडीमा साढे ५ बजेतिर भेटिएकी थिइन् । त्यसपछि अस्पताल पुर्याइएकी २१ महिने बालिकाको यौनाङ्गमा गम्भीर चोट थियो ।

अपहरण शैलीमा घरबाट बालिकालाई झाडीमा लगेर बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २८ वर्षीय मिथुन र २५ वर्षीय अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अजयले ती बालिकालाई घरदेखि करीब १०० मिटर पर खोला किनारको झाडीमा लगेका थिए । अजय मिथुनका भाइ हुन् । अजयले करणी गर्दा बालिका धेरै चिच्याएपछि बियरको बोतल र ढुंगाले टाउकोमा हानेको मोरङ प्रहरीका एसपी जनार्दन जिसीले बताए ।