२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

कटहरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

Author Uttari Morang
सोमबार, चैत्र २१, २०७८
कटहरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङको कटहरी गाउँपालिका–३ मा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र स्थानीय राजवंशी समाज विकास समिति तथा युवा समाजको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो ।

जनप्रिय माध्यमिक विद्यालयमा भएको शिविरमा नोबेलका डाक्टरहरुले ९ सय ६१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १ सय ८४ जनाको रक्त परीक्षण, १ सय १३ जनाको भिडियो एक्सरे र ६५ जनाको ईसीजी गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २२ जनाको दाँत खोलिएको छ ।

नोबेलले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।