२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

केराबारीमा कुकुर आतंक, कुकुरले जंगल गएका बाख्रा मार्न थालेपछि थपियो पिरलो (भिडियो सहित)

Author Uttari Morang
शुक्रबार, चैत्र २५, २०७८
केराबारीमा कुकुर आतंक, कुकुरले जंगल गएका बाख्रा मार्न थालेपछि थपियो पिरलो (भिडियो सहित)

मोरङको केराबारी गाउँपालिका क्षेत्रमा कुकुर ले बाख्रा मारेर खान थालेपछि किसानहरु हैरान भएका छन् ।

चार पाँचबटा कुकुरको एक बथानले जंगल चर्न गएका बाख्रा टोक्दै मारेर खान थालेपछि केराबारीका स्थानीय बासिन्दालाई पिरलो थपिएको हो ।

बाख्रालाई घाँटीनेर टोकेर घाइते बनाएको र त्यसपछि मासु लुछ्दै खाएर बाख्रालाइ मराणासन्न बनाएको अबस्थामा एक स्थानीयबासीले देखेका थिए । एक्लै खेद्दा कुकुर केहीबेर भागेपनि पुन: आएर टोक्ने गरेपछि ती ब्यक्तिले गाउँ निस्केर हल्ला गरेका थिए । गाउँलेहरु जंगलमा पुग्दा बाख्रो मरिसकेको थियो । बाख्रो कौशिला श्रेष्ठको भएको कमल बहादुर श्रेष्ठले बताए । बुधबार नै कुकुरले तुलामाया ठकुरीका पनि २ वटा बाख्रा मारेको र ती मध्ये एउटा बाख्रो बिहीबार बिहानसम्म नभेटिएको बुद्धि बहादुर बिश्वकर्मा (घताने माइला) ले बताए । केहि दिनयता दिउँसो नै तर्सेर बाख्रा घरतिर आउने गरेको भएपनि बुधबार एकैदिन कुकुरले तीनवटा बाख्रा मारिदिएको बिश्वकर्माले बताए ।

दुई चार बर्षअघि स्याल, बाघजस्ता जंगली जनावरले बाख्रा मार्ने डर भएपनि केही बर्षयता कुनै जनावरको डर थिएन । त्यसैले पहिले पहिले झैँ जंगलमा बाख्रा रुँघेर चराउन छाडिएको छ । बिहान जंगल पठाइदिने र दिउँसो सामान्य रेखदेख गर्ने बाहेक जंगलमा छाडेर बेलुका बाख्रा फर्कदै गरेका बाख्रा लिन मात्र गए हुने भएपछि किसानहरुलाई दिउँसो अरु काम गर्न फुर्सद हुने गरेको थियो । तर यसैसातादेखि कुकुर आतंक बढेपछि स्थानीय बासिन्दाहरुमा पिरलो बढेको र आजकाल आफुहरु ढुक्कै गोठालो जान थालेको कमलबहादुरले बताए ।

त्यसो त पोहोर परार कहिलेकाहीँ कुकुरले आठ- दशवटा सम्म बाख्रा मार्ने गरेको हचुवाकै युवराज गजमेरले बताए । दुई तीन बर्ष अघि लोहोन्द्रा खोलामा धर्धरे मास्तिर कुकुरले मारेका आठ दशवटा बाख्रा एकैपटक फेला परेका थिए । त्यसबेला केराबारीको डाँगी, खयरघारी लगायतका स्थानका बाख्रा पनि कुकुरको शिकार भएका थिए । केही बर्षयता कुकुरबाट दर्जनौं कुकुर मारिए पनि कुकुरबाट कति बाख्रा मारिए भन्ने तथ्यांक कसैसँग छैन ।

कुकुर आतंक रोक्न गाउँले आफैंले कुकुर मार्ने प्रयास गरिरहेका छन् । त्यसो नभए कुकुर मार्नेबारे सर-सल्लाह भइरहेकोे स्थानीय बासिन्दाले बताएका छन् ।

केराबारी गाउँपालिकाको पशु सेवा शाखा प्रमुख बसीलाल साहसँग यसबारे सोद्दा कुकुरले बाख्रा मारेको बारे कुनै जानकारी नभएको बताए । उनले कुकुर मार्न नपाइने तर गाउँलेले समात्न सहयोग गरे गाउपालिकाले रेविजको सुइ लगाउने बताए ।
त्यसो त कुकुरले बाख्रा मार्ने समस्या केराबारीमा मात्रै होइन, पुर्वी नेपालका केही जिल्लामा ब्याप्त छ । झापाको बुद्धशान्ति नगरपालिकाको नवज्योति सामुदायिक वन, थोप्ले गिरान सामुदायिक वन र नमूना सामुदायिक वन लगायत आसपासका क्षेत्रमा पनि दुई तीन बर्षयता कुकुरले बाख्रा मार्ने समस्या जटिल बन्ने गरेको स्थानीय मित्रलाल खड्काले बताए । – अम्बिका भण्डारी