२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

सगरमाथा युथ क्लब बिराटचोकले जित्यो इटहरी गोल्डकपको उपाधि

Author Uttari Morang
सोमबार, चैत्र २८, २०७८
सगरमाथा युथ क्लब बिराटचोकले जित्यो इटहरी गोल्डकपको उपाधि

टहरीमा जारी बाह्रौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मोरङको सगरमाथा युथ क्लबले चुमेको छ ।
विभागीय टिम त्रिभुवन आर्मी क्लब र सगरमाथा युथ क्लबबीच शनिबार भएको फाइनल खेलमा आर्मीलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो ।

खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा आर्मीका तर्फबाट टेकबहादुर बुढाथोकी, विकास खवास र विवेक बस्नेतले गोल गरे । तर आर्मीका गौतम श्रेष्ठले प्रहार गरेको प्रहार सगरमाथाका गोल किप्परले रोकेका थिए भने सन्तोष तामाङको प्रहार पोस्ट बाहिर गएका कारण आर्मीले हार ब्यहोर्नुपर्यो ।

यता, सगरमाथाका लागि अशोक खवास, आशिष लामा, सत्यम शर्मा र मिलन राईले गोल गर्दा गोल किप्पर पिसोको प्रहार पोस्ट बाहिर गएको थियो । बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पुरस्कार वितरण गरे ।
बिजेता सगरमाथा युथ क्लबले नगद सात लाख र ट्रफी हात पारेको छ भने उपबिजेता त्रिभुवन आर्मी क्लबले नगद तीन लाख ५० हजारमा चित्त बुझाउनु परेको छ ।

फाइनल खेलको म्यान अफ द म्याच आर्मीका विस्वास चौधरीले नगद दस हजार हात पारे । यस्तै, बेस्ट गोल्ड किप्पर सगरमाथाका पिसो, बेस्ट डिफेन्डर त्रिभुवन आर्मीका विकास खवास, बेस्ट मिल्ड फिल्टर आर्मीकै सन्तोष तामाङ, बेस्ट फरवार्ड सगरमाथाका आशिष लामा र बेस्ट कोच सगरमाथाका युबिन गुरुङ घोषित भए ।उनीहरूलाई नगद पन्ध्र हजारसहित ट्रफी हस्तान्तरण गरिएको थियो ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मीका टंक बस्नेत घोषित हुँदै यामाहाको स्कुटर हात पारे । यस्तै, हाइ स्कोरर मनाङ-मर्स्याङ्दीका आफिज ओलावाले र सगरमाथाका आवास लामिछाने घोषित भए । उनीहरूलाई नगद दस-दस हजार प्रदान गरियो । त्यस्तै उदयीमान खेलाडी राष्ट्रिय जागृति क्लब इटहरीका मनिष भण्डारी घोषित हुँदै ४० इन्चको एलइडी प्राप्त गरेका थिए ।