कार्यकर्तामाथि आक्रमण नरोके एमालेविरुद्ध प्रत्याक्रमण गर्ने धनकुटा कांग्रेसको चेतावनी
Uttari Morang
नेपाली कांग्रेस धनकुटाले आफ्ना नेता तथा कार्यकर्ताहरुलाइ एमालेका कार्यकर्ताले आक्रमण गरेको भन्दै कांग्रेसमाथिको आक्रमण नरोकिए प्रत्याक्रमण उत्रने चेतावनी दिएको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले प्रेस विज्ञप्ती जारी गर्दै धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेका नेता तथा कार्यर्ताबाट नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि श्रखलाबद्ध ढंगले आक्रमण भई रहेको घट्नाको विरोध गर्दै आक्रमण नरोकिए प्रतिआक्रमणमा उत्रिने चेतावानी दिएका हुन् ।
सहिदभूमी गाउँपालिकाका नेकपा एमालेको तर्फबाट विजयी गाउपालिका अध्यक्ष मनोज राई र वडा नं. ६ का वडाध्यक्ष हेम कुमार राईको निर्देशनमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेस सहिदभूमी वडा नं. ६ का डगेन्द्र राई, कुसल राई,;निर वहादुर राई, राम प्रसाद राई, बत्तिमाया राई लगायतलाई आक्रमम गरी घाईते बनाएको र दर्जनौ साथीहरुलाई धम्की दिने काम भैरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गैरजिम्मेवार अराजक किसिमको कार्य नेकपा एमालेबाट तत्काल नरोकिएमा ईटाका जवाफ पत्थरले दिदै सशक्त प्रतकिारमा उत्रिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा आक्रमण संलग्न नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुलाई अभिलम्ब पक्राउ गरी कडा कारवाही गर्न आग्रह गर्दै यदी सो नगरिएमा यसबाट उत्पन्न सम्पूर्ण परिस्थितिको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्ने उल्लेख गर्दै प्रशासनलाई सचेत गराइएको छ ।
बिज्ञप्तिमाभनिएको छ “धनकुटाको सहिदभूमी गाउँपालिका वडा नं. ६ का कांग्रेसका साथीहरु र मतदाताहरुको साथमा नेपाली कांग्रेस जतिबेला र जुनसुकै समयमा पनि निरन्तर रहने विश्वास दिलाउदै नेकपा एमालेबाट यतिबेला विजयको उन्माद अनि दम्भ र घमण्डका कारण भैरहेको उशृङखल तथा अराजक र गैरराजनैतिक गतिविधिबाट अलिकति पनि बिचलित नभई उच्च मनोवल र साहसका साथ दहे ढंगबाट उनीहरुको प्रतिरोधमा उत्रनका लागि धनकुटा आब्हान गर्दछौं ।”




