२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

केएमसीद्वारा गोकर्णेश्वरमा निःशुल्क स्वास्थ्य शिविर

Author Uttari Morang
सोमबार, जेठ १६, २०७९
केएमसीद्वारा गोकर्णेश्वरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकामा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

कागेश्वरी मनोहरा–६ को श्रीद बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

स्थानीय मनकामना माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरमा ८ सय ६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १ सय २१ जनाको रक्त परीक्षण, ९७ जनाको भिडियो एक्सरे र ८९ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २२ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका २४ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।